
लमजुङको दोर्दीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवा बेपत्ता भएको छन् । दोर्दी गाउँपालिकाको दोर्दी खोलामा दिउँसो २ बजेतिर १९ बर्षका कुमार प्रजा खोलामा बेपत्ता भएका हुन् ।
चितवन जिल्लाको कालिका न.पा. १० घर भएका प्रजा वडा नं ३ बौसेमा रहेको उत्तर देवि कृषि तथा पशु फर्ममा काम गर्ने गर्थे ।
सोमबार दोर्दी खोलामा पौडि खेल्ने क्रममा डुबी बगाई बेपत्ता भएको भन्ने खबर आएपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा गई स्थानीयको सहयोगमा खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभएको छ ।









