
नेपाल रेडक्रस सोसाइटी गाउँशहर उपशाखाको १७ औं बार्षिक साधारण सभा एव्म छैटौं अधिवेसन सम्पन्न भएकोे छ । बेसीशहर नगरपालिकाको वडा नं ३ रानीकुवाको सामुदायिक भवनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका उपमन्त्री दिपक न्यौपानेको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।
अधिबेसनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित सभापतीमा कान्ता घिमिरे, उपसभापति उषा देवी घिमिरे, सचिवमा हरिचन्द्र बराल, कोषाध्यक्ष सरोज कुमार दनाई, उप कोषाध्यक्ष गीता बराल, सह सचिव सविता बराल, रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लोठ बहादुर गुरूङ, कमल बहादुर कार्की, रश्मिला के सी, सोम बहादुर घिमिरे, गुरु प्रसाद घिमिरे रहनुभएको छ ।
कार्यक्रममा निवर्तमान सभापति दिपक बराल, रेडक्रश लमजुङका शाखा अधिकृत श्रीकान्त बराल लगायतको उपस्थिती रहेको थियोे ।










