
तिमीलाई के भनुँ म मेरो सपना लुट्ने मान्छे
आँसुको भल बनेर आँखामा फुट्ने मान्छे ।
यात्राको बाटो रोजी मेरो साथ मागी मागी
यात्रा सुरु गरेर बिचमा छुट्ने मान्छे ।
मोती हुन् तिम्रा आँसु नझार भन्दै
म बाट मेरै हाँसो बिस्तारै थुत्ने मान्छे ।
तिम्रो मायाले पुग्छ, चाहिन्न अरु केही
भन्दै माया देखाई रुवाउन जुट्ने मान्छे ।
कुरा सुनी अरुको बहकाउमा आएर
माया म छटपटाउँदा पनि दिल दुखाई छुट्ने मान्छे ।
तिमीलाई के भनुँ म मेरो सपना लुट्ने मान्छे
समिक्षा परियार
कक्षा ९
श्री यशोब्रह्म माध्यमिक विद्यालय, बेसीशहर ३, लमजुङ