
विद्युत् तसंरचना जीर्ण भएर विद्युतमा अनियमितता हुने गरेको लमजुङमा नेपाल विद्युत् प्राधिकण वितरण केन्द्रले सुधारका कार्य अघि बढाएको छ ।
विद्युतलाई नियमित गराई उद्योग कलकारखाना, कार्यलय तथा व्यक्तिहरुलाई कामकाजमा सहज होस् भन्ने उद्धेश्यले केन्द्रले विद्युतको समस्या समाधान गर्न विभिन्न क्षेत्रमा संरचना निर्माण गरेको छ ।
पछिल्लो समय जिल्लाको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै फिडरमार्फत विद्युत् वितरण सुरु गरेको केन्द्रले जनाएको छ । गत पुस ६ गते सदरमुकाम बेसीशहरमा नयाँ सिटी फिडर जडान गरको छ । उदीपुरको सवस्टेसनबाट विद्युत लाईन टुक्क्राएर मनाङे चौतारासम्मको क्षेत्रमा छुट्टै लाईनको व्यवस्था मिलाइएको छ ।
विद्युत् फिडर लामो हुँदा समस्या पहिचान गर्न जटिल भएपछि बेँसीसहर बजार क्षेत्रका लागि सिटी फिडर जडान गरिएको विद्युत् वितरण केन्द्र लमजुङ रानीकुवाका मेघनाथ भट्टराईले बताउनुभयो ।
प्रमुख मेघनाथ भट्टराइका अनुसार तनहुँको दमौलीबाट जिल्लामा वितरण हुँदै आएको ११ केभी फिडरको लम्बाइ लामो भएका कारण अत्याधिक समस्या आउने गरेको थियो । सिटी फिडर जडानसगँै अनियमित विद्युत जाने ९० प्रतिशत समस्याको समाधान भएको प्राधिकरणले जनाएको छ । ग्रामिण क्षेत्रमा भएका समस्याले पनि बजार क्षेत्रमा विद्युत जाने गरेको थियो ।
आइतबारदेखि उदीपुरदेखि बेसीशहरसम्म कालो तार जडान गर्ने कार्य समेत सुरु गरिएको बताइएको छ ।
विगतमा जिल्लाभर चारवटा फिडरबाट मात्रै वितरण हुँदै आएको विद्युत् पछिल्लो एक वर्षको अवधिमा थप चारवटा नयाँ फिडर सञ्चालनमा ल्याइएको छ । अब क्रमश जिल्लाभरको विद्युतको सुधार गर्ने प्रमुख भट्टराईले बताउनुभयो ।