
मानव सेवाआश्रम लमजुङ शाखाको आयोजनामा शनिबार बेसीशहरमा आमा सेमिनार कार्यक्रमको गरिएको छ । कार्यक्रमको एक समारोहक विच ज्येष्ठ नागरिक आमा सानुमाया गुरुङले पानसमा बक्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
आमा सेमिनार कार्यक्रममा मानव सेवा आश्रमका परिकल्पनाकार तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानवता, राष्ट्रियता, परोपकार, आफुलाई जन्मदिने माता पिताको महत्वबोध गराई, प्रेम, सद्भाव, करुणा भाव मातृत्व प्रेम जस्ता मानवीय गुणहरू जनजनमा प्रबद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नै परिवारबाट पीडित भएर सडकमा आएका परिवारका सदस्यहरूलाई कसरी संरक्षण गर्ने, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेकालाई कसरी उद्दार गरेर आश्रमसम्म पु¥याउने र परमपूज्यकर्म गर्ने जस्ता विषयमा अध्यक्ष अधिकारीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ, क्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमल, जिल्ला अस्पताल लमजुङका अध्यक्ष हरीजगं तामाङ लगायतको ४ सय भन्दा धेरैको उपस्थिती रहेको थियो ।
मानव सेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी वा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ ।










