
लमजुङको राइनास नगरपालिका वडा नं ८ हर्राबोटमा जिप दुर्घटना चालक सहित १३ जना घाइते छन् ।
दुधपोखरी गाउपालिकाक वडा नं ४ सामघडेरीबाट सुन्दरबजार नगरपालिकका वडा नं ९ को भोटेवडारतर्फ आउँदै गरेको ग १ ज ६३६९ नम्बरको जिप शनिबार बिहान राइनासको हर्राबोटमा दुर्घटना भएको हो ।
जिपमा सवार १३ जना मध्ये गम्भिर घाईते भएका चालक सुन्दरबजार नपा– ९ का ३० बर्षिय पुरन गुरुङको अवस्था गम्भिर भएकोले भोटेवडार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लगी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर चितवन लगिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अन्य घाईतेहरको अवस्था सामान्य रहहेको र उनीहरुको भोटेवडार अस्पतालमै उपचार गरिएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु भएकोले दुर्घटना भएको स्थानीयको भनाई छ । जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ ।