
लमजुङमा ८० प्रतिशत धान रोपाई कार्य सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँमा सुरु भएको धान रोपाई कार्य साउनको चौथो हप्ता सम्म आइपुग्दा ८० प्रति रोपाई भएको बताइएको छ ।
केहि ठाउँमा जेठको पहिलो साता देखि नै रोपाइ सुरु हुने भय पनि यसपालि मनसुन ढिलो भयकाले र जेठको अन्तिम साताबाट रोपाइँ सुरु भयको छ । चाँडै मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । पाखातिरका जग्गाहरुमा धान रोपाई गर्न बाँकी रहे पनि साउनको अन्तिम सम्म धान रोपाई कार्य सम्पन्न हुने कृषि ज्ञानकेन्द्रका कृषि अर्थविद् मदन रेग्मीले बताएका छन्
खोला किनार तथा सिंचाईको लागि बनेका कुलोमा पानी वग्ने ठाउँमा अकासे पानीको भल छोपी धान रोपाई गरिएको छ भने केहि ठाउँमा सरकारी स्तरबाट नै सिंचाई सुविधा पुगेकाले रोपाई गर्न सहज छ ।
मस्र्याङ्दी, दोर्दि, सुन्दरबजार, बेसिशहर, मध्यनेपाल, लगायत लमजुङको ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै सुरु हुने गर्छ ।
किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १२ हजार १ सय २५ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाका ६ सय देखि १६ सय मिटर उचाईसम्म धान रोप्ने गरिन्छ ।
