जन्मदिनमा बृक्षारोपण अभियानले व्यापकता पाउँदै

-


     नयाँ दीप    
     श्रावण २० गते २०८० मा प्रकाशित


साउन १९ गते २०८०
जन्मदिनमा बृक्षारोपण अभियानले व्यापकता पाउँदै गएको छ । पछिल्लो सयममा सामान्य देखि, शिक्षक कर्मचारी, राजनीतिककर्मी देखि बृद्ध तथा बालबालिका समेत आफ्नो जन्मदिन बृक्षारोपण गरी बनाउने क्रम बढ्न थालेको हो ।

त्यस्तै शिक्षक सृजना बरालले शुक्रबार आफ्नो जन्मदिन आफैले अध्यापन गर्ने विद्यालयमा बृक्षारोपण गरी मनाएकी छन् । बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्ममा माध्यमिक विद्यालय परिसरमा आपँ र आशोकाको विरुवा बृक्षारोपण गरिएको थियो । सो अवसरमा जन्मदिनमा वृक्षारोपण अभियानका अध्यक्ष बासुदेव सेढाई, सल्लाहकार देविदास बराल, सचिव रामजी बसौला, कोषाध्यक्ष दुर्गा थापा, सदस्य विश्वविनोद घिमिरे, लक्ष्मी अधिकारी, सदस्य प्रमोद अधिकारी, लिस्नो साहित्य मञ्चका अध्यक्ष काजी बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

शिक्षक बरालले आफु अध्यापनरत विद्यालय वरपरको वातावरण सफा, स्वच्छ र हराभरा वनाउनका लागी जन्मदिनमा वृक्षारोपण अभियानले थप टेवा पु¥याउने अपेक्षा लिएको बताएकी थिइन् । पछिल्लो समयमा बालबालिकाले देखासिकी गरि फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवित्ती बढ्दै गएकाले पनि सकारात्मक सन्देश दिन पनि विद्यालय परिषरमा बृक्षारोपण गरेको शिक्षक बरालको भनाई थियो । सबैले आगामी दिनमा आफ्नो जन्मदिनमा बृृक्षारोपण गरी मनाउन उनले आग्रह गरेकी थिइन् ।

सो अवसरमा जलबायू परिवर्तनका कारण पृथ्वीको तामक्रम बढ्दै गएको भन्दै बृक्षारोपण गर्दा हुने महत्वको बारेमा बालबालिकालाई जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले सूर्यप्रसाद बरालले जन्मदिनमा वृक्षारोपण कार्यक्रमले बालबालिकालाई निकै राम्रो सन्देश दिएको बताउँदै बालबालिकालाई पनि जन्मदिनमा वृक्षारोपण गर्न हौसला मिलेको बताए ।

वातावरण सन्तुलन, नेपाली मौलिकताको संरक्षण, असल आचरण संस्कारलाई प्रोत्साहन, फलफुल जडिवुटी उत्पादन, निशुल्क उपभोग, शान्ति एकता र सद्भावको कामना गर्दै सभ्य समाज तथा मुलुक निमार्ण गर्ने उद्धेश्यका साथ २०७५ मंसिर २९ गते लमजुङ सदरमुकाम वेसीशहरवाट एक नेपाली वार्षिक न्युनतम एक वृक्षरोपण र जन्मदिनमा क्षारोपण अभियान सुरु गरिएको अभियान्ता वासुदेव सेढाईले वताउनुभयो । विरुवा रोपेसँगै त्यसको संरक्षणमा पनि सवैले ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

शिक्षक बराल सञ्चारकर्मी समेत भएकोले आफ्नो जन्मदिनको अवसर पारी अनलाईन खवर पत्रिका नयाँ दिपको समेत सुभारम्भ गरिएको जानकारी गराइएको थियो । अनलाईन पत्रिका नयाँ दिपको बरालकी पिता देविदास बरालले सुभारम्भ भएको जानकारी गराएका थिए ।