
प्रमिशा बि क
नयाँ दिप, असार १९
जिल्ला प्रहरी कार्यालय, लमजुङले जिल्लाको मर्स्याङदी गाउपालिका वडा नं. ०९ घनपोखराबाट २२ जना जुवाडेलाई नगद रु ५ लाख ७० सहित पक्राउ गरेको छ ।
मिति ०४।१८ गते राती अं. ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष टोलीले जिल्ला लमजुङ मर्स्याङदी गाउपालिका वडा नं. ०९ घनपोखरा स्थित धन बहादुर तामाङले भाडामा लिई बसेको घरमा हार जितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका निज धन बहादुर तामाङ सहित मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ,सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ,काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङलाई फेलापारी खानतलासी लिँदा निजहरुसँग नगद रु ५ लाख ७० रुपैया र कौडा थान १६ सहित पक्राउ गरी मिति ०४।१९ गते दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
