
तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक जनालार्य तीन वर्ष कैद फैसला सुनाएको छ ।
अदालतले पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेकी थिइन् । बिष खाएको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।
घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्मा भने उपचारपश्चात् निको भइन् । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते प
क्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् ।