काठमाडौँ । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन । इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘केही नेपाली घाइते भएका छन् । उहाँहरुको यकिन विवरण खुलेको छैन । हामी अहिले तथ्यांक संकलन गर्ने तथा उद्धारको काममा खटिरहेका छौँ,’ घिमिरेले भने । गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठप भएको थियो…
पुरा पढौ