शिक्षा

कक्षा १२ को नतिजामा सार्वजनिक, आधा विद्यार्थी फेल

काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०,… पुरा पढौ

शिक्षा ऐनको विरोधमा शिक्षक महासंघद्धारा शिक्षा समन्वय इकाईमा धर्ना

प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको शिक्षक महासंघले शिक्षा समन्वय इकाईमा धर्ना दिएको छ । शिक्षा विधेयक विरुद्ध महासंघको देशव्यापी विरोध कार्यक्रम अन्र्तगत मंगलवार लमजुङमा शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् । मंगलबार बिहान ११ बजेबाट २ बजेसम्म शिक्षा इकाई धर्ना दिइएको नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तिर्थराज न्यौपानेले बताउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीकोे हित विपरित शिक्षा ऐन लागु गर्न लागेको भन्दै शिक्षक महासंघ लमजुङले… पुरा पढौ

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय : अनिश्चितकालिन विद्यालय बन्द गर्नेसम्मको कार्यक्रम घाेषणा

शिक्षा विधेयकको विरुद्धमा निजी विद्यालयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले संसदमा पेश गर्न लागेको शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् मंगलबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम घोषणा अनुरुप प्याब्सन, हिसान र नेशनल प्याब्सन पत्रकार सम्मेलन गरेको हो। २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय… पुरा पढौ

विद्यालय शिक्षा सुधारका लागि अभिभावकलाई भूमिका देऊ

१. २००७ सालपछि विद्यालय खोल्ने नेपालमा लहर नै चल्यो । मुलुकका सबैजसो विद्यालय अभिभावकहरूले नै खोलेका हुन् । कस्तो शिक्षक राख्ने, कति तलब दिने, कहाँ खोल्ने, कस्तो स्कुलघर बनाउने, सबै अभिभावकले नै गर्दै आए। मानामुठी बटुलेर विद्यालय सञ्चालनमा ल्याए । विद्यालय सबै अभिभावकहरूको कुनै न कुनै प्रकारको स्वामित्व र चासो थियो। २. शिक्षालाई राष्ट्रियकरण गर्ने राजा महेन्द्रको कदमपछि अभिभावकहरूको स्वामित्व र संलग्नता काटियो । अभिभावकहरूको छनोटमा बन्ने विद्यालय व्यवस्थापन समिति पञ्चायतको एक कालमा त बडाहाकिम र अञ्चलाधीशको अधिकारक्षेत्रमा राखियो। नयाँ शिक्षाको आकर्षक नारापछि… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताउनुभयो । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले… पुरा पढौ

पब्लिक क्याम्पस संघ गण्डकीमा बुढाथोकीको नेतृत्व

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी निर्वाचित भएका छन् । उनी जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् । पोखरामा शनिबार भएको अधिवेशनबाट निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले, उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल निर्वाचित बने । सचिवमा दीपेन्द्र पौडेल, सहसचिव विजय शर्मा, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी निर्वाचित भएका छन् । संघको उद्घाटन सत्रमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका… पुरा पढौ

यसपालिको एसईई वैशाख ९ बाट

माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज ब्रिफिङ गरेका छन् । मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन् । विद्यालय व्यवस्थापन… पुरा पढौ

सीटीईभीटीलाई गाउँ–गाउँमा लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए । उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको… पुरा पढौ