गुरुङ समाजमा त्यति वर्गको भेदभाव हुँदैन, सबैमा समानताको भावना भेटिन्छ : नेता गुरुङ

-


     नयाँ दीप    
     पौष १७ गते २०८२ मा प्रकाशित


गुरुङ समाजमा त्यति वर्गको भेदभाव हुँदैन, सबैमा समानताको भावना भेटिने पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङले बताउनु भयो । उक्त कुरा क्होलासोँथर गाउँपालिका वडा नं. ३ बगुममा नव निर्मित मूल दोबाटो चौतारा उद्घाटनका क्रममा बताउनु भएको हो ।

साथै आफ्नै संस्कार, सभ्यता, संस्कृती सामुहिक पद्धति रहेको नेता गुरुङले बताउनु भयो । नेपाली समाज पछिल्ला दिनमा असहिष्णु बन्दै गइरहेको छ, वैदेशिक हस्तक्षेप नयाँ ढंगले आइरहेको छ यस्तो अवस्थामा सबै कम्युनिष्ट, वामपन्थी, लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएर त्यसलाई निश्तेज बनाउन सकिने गुरुङले दावी गर्नुभयो ।

सो मूल दोबाटो चौतारा गंगा बहादुर गुरुङले व्यक्तिगत १४ लाख रुपैयाँ लगानीमा निर्माण गर्नुभएको हो । कार्यक्रममा मस्र्याङदी गाउँपालिकाका पूर्व उपाध्यक्ष होम बहादुर वि.क, वडा अध्यक्ष आशवीर घले, पूर्व वडा अध्यक्ष, स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।