
लमजुङको सदरमुकाम बेसीशहर बजारमा रहेको श्री लक्ष्मी बालमन्दिर प्रा.वि.मा अध्ययनरत ६३ जना बालबालिकाहरुलाई जाडोको लागि न्यानो सामाग्री वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा सक्रिय तीनवटा संस्था बेसीशहर युथ सोसाइटी सेरा, लायन्स क्लब अफ लमजुङ र युनिभर्सल एकेडेमी बोर्डिङ स्कुल बेसीशहरले करिब ३५ हजार रुपैया बराबरका न्यानो टोपी, जुत्ता एवम् मोजा बितरण गरेको हो ।
मुख्य प्रायोजन गरेको बेसीशहर युथ सोसाईटी सेराले १० हजार ४ सय ४० रुपैँया, यूर्निर्सल एकेडमीले ५ हजार र बाँकी रकम लायन्स क्लवको सदस्यहरुले संकलन गरी बालबालिकालाई न्यानो सामाग्री वितरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख सिर्जना चिलुवालको प्रमुख आतित्थ्यता रहेको थियो भने क्लवका अध्यक्ष रविन श्रेष्ठ, यूनिभर्सल एकेडमीका प्रिन्सिपल तथा लायन्स क्लवका अध्यक्ष विमल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
जाडोको समयमा न्यानो टोपी, जुत्ता, मोजाले बालबालिकालाई न्यानो बनाउन केही सहयोग पुग्ने बेसीशहर युथ सोसाइटीका अध्यक्ष रविन श्रेष्ठले बताउनुभयो ।









