प्रदेश अस्पताल लमजुङका नवनियुक्त अध्यक्ष गुरुङद्धारा पदभार ग्रहण

-


     नयाँ दीप    
     पौष ९ गते २०८२ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङका नवनियुक्त अध्यक्ष विजय गुरुङले पदभार ग्रहण गर्नुभएको छ । अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष गुरुङलाई एक कार्यक्रमका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पदभार ग्रहण गराउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री डा. गुरुङले स्वास्थ्य सेवा प्रवाह गर्ने सन्दर्भमा प्रदेश अस्पताल लमजुङले गरेका प्रयासहरु निकै उपलव्धीमुलक रहेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरिय सेवा प्रवाह र थप व्यवस्थित बनाउन सक्दो पहल गर्ने वताउनभयो ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष विजय गुरुङले अस्पतालको सेवा विस्तार तथा थप सुधारका लागि सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले अस्पातलको गुणस्तरीय सेवा पहिलो प्राथमिकतामा राखेर आफूले पाएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे, अस्पतालका पूर्व अध्यक्ष हरिजंग तामाङले मन्तव्य राख्नुभएको थियो । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. शिशिर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मेसु देवकोटाले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाह, गत आर्थिक वर्षको कार्यप्रगती, चालु आर्थिक वर्षको कार्य योजनाबारे संक्षिप्त जानकारी गराउनुभएको थियो । अस्पतालका तथ्यांक विभाग प्रमुख पुरुषोत्तम घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा फिजिसियन डा.अमृत अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष पद रिक्त रहेको करिव ४ महिनाको गण्डकी प्रदेश सरकारको गत मंसिर २३ गतेको मन्त्रिपरिषद् बैठकले गुरुङलाई लमजुङको प्रदेश अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।