लमजुङको गाइखुरे झरनामा पर्यटकहरूको घुइँचो

- उचित फाेहर व्यवस्थापन नहुँदा वरपरकाे बातावरणमा प्रदुषण बढ्दै

-


     भरतबाबु घिमिरे, लमजुङ    
     श्रावण १६ गते २०८० मा प्रकाशित


भरतबाबु घिमिरे,
लमजुङकाे सदरमुकाम बेँसीसहर पुग्नु भन्दा करिब २ किलोमिटर अघि दलालस्थित सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् ।
हिउदमा सुख्खा भयर सुनसान हुने यस झरनामा बर्षायाम सुरु भयसगै पानी बढ्न थालेसँगै दैनिक पर्यटक पनि बढ्न थालेका हुन् ।

छहरा हेर्दै रमाउने पर्यटकहरु झरनालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् भने काेहि झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर समाउने गर्छन् । झरना करिब ६० मिटर उचाइबाट झरेको छ । यसलाई ब्यवस्थित गरेमा पर्यटक प्रबर्द्धनमा थप टेवा पुग्ने स्थानीयकाे भनाइ छ ।

बर्खायाममा असारदेखि असोज महिनासम्म मात्र यस झरनामा पानी झर्ने गर्दछ ।
नजिकै रहेकाे मध्यमस्र्याङ्दी जलविद्युत परियाेजनाकाे तालबाट पानी तानेर १२ महिना झरनामा पानी ल्याउन स्थानीयले माग गरेका छन् ।
विगतका केही बर्ष साहसिक क्यानाेनिङकाे खेलकाे पनि आयाेजना गरिएको थियाे ।

पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि बेँसीसहर नगरपालिकाले झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

उनका अनुसार यस झरनालाई बाह्रै महिना बहने र पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि गतबर्ष डिपिआरकाे लागि
नगरपालिकाले रु ६ करोड ६९ लाखमा एक निजी कम्पनीलाई सूचीकृत गरिसके पनि कम्पनीले काम सुरु नगरेको र उनिहरुसगकाे सम्झौता रद्ध गरि नयाँ कम्पनीलाई काम गर्ने जिम्मा दिने नगरप्रमुख अर्यालले बताए ।

यस झरनामा मस्र्याङ्दी नदीको पानी तानेर झरनामा बार्है महिना पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने योजना बनाइएको छ ।
त्यस्तै सो झरनामा क्यानोनिङ तथा सगै रहेकाे मध्य मर्स्याङदिकाे जलविद्युतकाे तालमा र्रयाफ्टिङ समेत सञ्चालन गर्ने याेजना छ । हाल बेसिशहर नगरपालिकाले झरनाकाे पानी खस्ने ठाउमा ६ लाख रुपैयाँ खर्चेर पाैडी खेल्नकाे लागि पाेखरीकाे व्यवस्था गरेकाे छ ।
डुम्रे बेँसीसहर सडकसगै रहेकाले यस रुटमा सञ्चालन हुने सवारी साधन यहाँ आइपुग्दा एक छिन भए पनि रोकिएर झरना हेर्दै जाने गरेको पाइन्छ ।
चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकहरुसमेत यस झरनामा आकर्षित हुने गरेका छन् ।
यहाँ लमजुङ सहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङ लगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय सञ्जय बाेहराले बताए ।

झरनामा दैनिक अहिले १५० देखि २०० सम्म पर्यटक आउने गरेका छन् । तर शुक्रबार, शनिबार र बिदाको समयमा यतिबेला २०० देखि ३०० जनासम्म पर्यटक झरना चिसाे पानीकाे आनन्द लिन पुग्छन् ।

यसरी दैनिक जाने पर्यटकले लगेका तयारी खाने कुराका खाेलले झरना वरपरकाे साथै सडक वरपर निकै प्रदुषण बढ्दै गएकाे छ । चाउचाउ, कुरकुरे, बिस्कुट, लगायतका तयारी खानाका खाेल, काेक, फेन्टा र वियरका लगायतका पेय पदार्थका बाेतल प्लास्टिक समेत झरना वरपर यत्रतत्र फालिएको छ ।
बेला बेखत आयाेजना गरिने मेला महाेत्सवले फाेहर बढाउन थप सहयाेग पूराएकाे छ । झरना परिसरमा यहि साउन ६ गते आयाेजना गरिएकाे कन्सर्ट कार्यक्रम पश्चात् झनै फाेहर बढेकाे स्थानीयले बताएका छन् ।

कार्यक्रममा टिकटकाे व्यवस्था गरि रकम उठाए पछि सरसफाइ गर्ने जिम्मा पनि आयाेजककाे नै भएको स्थानीयकाे भनाइ छ । बेसिशहर १ उदीपुरकाे गाेरक्ष युवाक्लव र खेलकुद बिकास समितिले कन्सर्ट कार्यक्रमकाे आयाेजना गरेका थिय । गाइखुरे झरना जति सुन्दर छ त्यसकाे सुन्दरतालाई कायम राख्ने वरपरकाे वातावरण सरसफाइमा पनि स्थानीय निकायले ध्यान दिन जरुरी छ ।

– उचित फाेहर व्यवस्थापन नहुँदा वरपरकाे बातावरणमा प्रदुषण बढ्दै