राजनीति

लमजुङको क्व्होलासोथर पुग्दा पहिलो पटक पृथ्वीसुब्बा गुरुङ अगाडि

लमजुङमको क्व्होलासोथर गाउँपालिकाको मतगणना भैरहँदा पहिला पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । हालसम्म ९ हजार ६ सय १ मत गणना हुँदा पृथ्वीसुब्बा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिकाको मत गन्दा कांग्रेसले र रास्वपले पछि लागेका एमालेका पृथ्वीसुब्बा गुरुङ क्व्होलासोथार गाउँपालिका पुग्दा अघि बढेका हुन् । कांग्रेसका गमप्रसाद गुरुङले २७ सय ९३ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार धर्मराज केसीले २३ सय ९२ मत ल्याएका छन् । नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ३६ मत… पुरा पढौ

लमजुङमा मतगणना कार्य सुरु, पहिलो नतिजामा नेपाली काङ्ग्रेस अगाडि

लमजुङ जिल्लामा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा दुधपोखरी गाउँपालिका वडा नम्बर ४ नामार्खुको मत गन्न सुरु गरिएको थिया जसमा नेपाली काग्रेंसले अग्रता कामय गरेको छ । नेपाली काङ्ग्रेस, गमप्रसाद गुरुङ (रुख)– १७७, नेकपा एमाले, पृथ्वी सुब्बा गुरुङ (सुर्य)– ११८रास्वपा, धर्म केसी– (घण्टी)– ११०, नेपाली कम्युनिस्ट पार्टी हरीजङ तामाङ (तारा)– ३४श्रम संस्कृति पार्ट, कोषलाल गुरुङ (माटो)– १३ र बदर मत २६ रहेको छ । लमजुङ जिल्लामा ५४.७४ प्रतिशत अर्थात् ७५ हजार ८५ मत खसेको छ । जसमा महिला… पुरा पढौ

लमजुङमा मतपेटिका संकलन कार्य हुदैँ, जिल्लाभर करिब ५५ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा निर्वाचन लागि लमजुङ जिल्लाका विभिन्न केन्द्रमा सम्पन्न निर्वाचनको मतपेटिका जिल्लामा ल्याउने क्रम सुरु भएको छ । सदरमुकाम बेसीशहर नजिक रहेको नगरपालिका तथा गाउँपालिकाबाट मतपेटिका ल्याइसकिएको छ भने जिल्लाका दुर्गम क्षेत्रमा रहेका पालिकाका मतपेटिका रातभरमा आइपुग्ने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । अहिलेसम्म बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपलिका, मस्र्याङ्दी गाउँपालिका, राइनास नगरपालिकाका केन्द्रहरुबाट मतपेटिका ल्याउने क्रम जारी छ । आजरातीसम्म जिल्लाका सबै केन्द्रबाट मतपेटिका आइपुग्ने मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले बताउनुभयो । भोली विहान ८ बजे सर्वदलिय बैठक बोलाएको र बैठकको… पुरा पढौ

लमजुङमा मिडिया डेक्स स्थापना, निर्वाचनको तयारी पूरा

आगामी निर्वाचनलाई लक्षित गर्दै लमजुङमा मिडिया डेक्स स्थापना गरिएको छ। बेसीशहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहल परिसरमा मिडिया डेक्स स्थापना गरिएको हो। मतदान सम्पन्न भएपछि मत गणनाको नजिता अपडेट गर्न रिपोटिङमा सहज होस् भन्ने उद्धेश्यले नेपाल पत्रकार महासंघ लमजुङको पहलमा मिडिया डेक्स स्थापना गरिएको हो । मिडिया डेक्सको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा… पुरा पढौ

आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोग नेपालले स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यका साथ मौन अवधि लागू गरेको जनाएको छ। मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, घरदैलो, भोट माग्ने गतिविधि, पोस्टर–पम्प्लेट वितरण तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ। मतदान केन्द्र आसपास राखिएका प्रचार सामग्रीसमेत हटाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधि उल्लंघन गरेमा निर्वाचन कसुरसम्बन्धी कानुनअनुसार… पुरा पढौ

निर्वाचन सामाग्री बुझेर कर्मचारीहरु केन्द्रतिर लाग्दै

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारीहरुले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेर निर्वाचन केन्द्रतर्फ लागेका छन् । बेसीशहरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेका हुन् । निर्वाचन सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १ हजार १ सय ५२ जना कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ। केही केन्द्रमा महिला कर्मचारीको… पुरा पढौ

लमजुङ जिल्लामा नमुना मतदान सम्पन्न

लमजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना (मोडल) मतदान कार्यक्रम सम्पन्न गरिएको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। शुक्रबार बेसीशहरको फुलबारीमा भएको नमुना मतदान कार्यक्रममा जम्मा मतदाता ९ सय मध्ये ६ सय ९५ उपस्थित भएका थिए। जसमा पुरुष ३ सय जना र महिला ३९५ जनाले मतदान गरेको थिए । जसमा ६० वटा मतपत्रमा छाप नलगाएको पाईएको थियो । जिल्ला निर्वाचन कार्यालय लमजुङले कार्यक्रममा मतदातालाई मतदान प्रक्रिया, मतपत्र… पुरा पढौ

लमजुङमा करिब १७ सय अस्थायी मतदाताले मत दिने

जिल्ला निर्वाचन कार्यालय लमजुङले एक हजार सात सय १२ जना अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो । संघ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रुपमा रहेका छन् भने अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो। लमजुङमा १३ मतदान अधिकृत, १३ सहायक मतदान अधिकृतसहित एउटा मतदान केन्द्र, सहायक कर्मचारी र स्वयंसेवक ३÷३ जना र एक जना… पुरा पढौ

आज प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले… पुरा पढौ

लमजुङको चिर्वाचन रोचक, एउटै पालिकाबाट २ जना गुरुङ उमेद्वार, पुरानो गढ भत्काउने नयाँको दाउ

लमजुङ जिल्लाको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निकै रोचक हुने भएको छ । चुनावी चर्चाको केन्द्रमा छन् पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा पटक पटक मन्त्री पद सम्हालेका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई हराउन एउटै पालिका क्होलासोथर गाउँपालिकाबाट नै नेपाली काग्रेंसका गमप्रसाद गुरुङ चुनावी मैदानमा उत्रनुभएको छ । निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङको प्रतिस्पर्धा रोचक हुने भएको छ। एमालेले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बालाई नवौँ पटक उम्मेदवार बनाएको छ भने अघिल्लो पटक जिल्ला अध्यक्षमा… पुरा पढौ