राजनीति

सरकारी कार्यालयमा साताको दुई दिन बिदा, कार्यालय समय ९ देखि ५ सम्म

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने… पुरा पढौ

पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा अदालतको अनुमति

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आइतबार विहान पक्राउ परेका खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी… पुरा पढौ

पक्राउ परेका ओली र लेखकलाई ५ दिन थुनामा राख्न अनुमति

शनिबार विहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति दिएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री… पुरा पढौ

पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनक अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति… पुरा पढौ

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरेको हो भने सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५ः४० मा पक्राउ गरेको हो । नयाँ सरकार गठन भएपछि, मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो। आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी प्रदर्शनको घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। पूर्व गृहमन्त्री रमेश लेखक शुक्रबार नयाँ सरकार… पुरा पढौ

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृहमन्त्री बनेका छन्।१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग… पुरा पढौ

लमजुङमा ९ उम्मेदवारको जमानत जफत

लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका १२ जनामध्ये ९ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उमेदवारहरुको जमानत जफत भएको हो । एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ स्वतन्त्र सहित १२ जनाले उमेदवारी दर्ता गराएका थिए । जसमा जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ मात्रै रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा हरेक उम्मेदवारले १० हजार… पुरा पढौ

लमजुङमा समानुपातिक प्रणालीतर्फ पनि रास्वपा प्रथम

लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पनि दोब्बर मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको अन्तिम मतपरिणाम अनुसार रास्वपाले चुनाव चिन्ह घण्टीमा ३४ हजार ५ सय ७५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । कुल १ लाख ३८ हजार २ सय ५२ मतदाता रहेकोमा ७६ हजार २ सय ८९ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ३ सय ३७ मत सदर भएका छन् भने १ हजार ९… पुरा पढौ

लमजुङमा दोब्बर मतान्तरले रास्वपाका धर्म केसी विजय

लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी दोब्बर मतान्तरले निर्वाचित भएका छन् ।विजयी भएका केसीसगँ १७ हजार २२ मत अन्तरले नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । लमजुङ जिल्लामा कुल ७५ हजार ४ सय ६० मत खसेकोमा केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका… पुरा पढौ

लमजुङमा अघि बढ्यो रास्वपा

लमजुङको जिल्ला पछिल्लो मतगणनाको परीणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । रास्वपाका धर्मराज केसीले ७१ सय ९२ मत प्राप्त प्राप्त गरेका छन् । कांग्रेसका गमप्रसाद गुरुङले ५६ सय ४२ मत ल्याएका छन् । त्यस्तै नकपा एमालेका पृथ्वी सुब्बा गुरुङले ५१ सय ८८ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार हरिजङ तामाङले ८ सय ४२ मत प्राप्त गरेका छन् । लमजुङमा पहिलो चरणमा दुधपोखरी गाँउपालिकाबाट मतगणना सुरु गरिएको थियो । दुधपोखरीमा नेपाली काग्रेंसले अग्रता लिएको थियो भने क्होलासोथर… पुरा पढौ