फोटो ग्यालेरी

निशुल्क शिक्षादेखि स्वर्ण पदकसम्म: ग्रामीण स्वास्थ्य रूपान्तरणका नायक डा. शिशिर देवकोटा

आफ्नो सम्पूर्ण अध्ययन यात्रामा परिवारको एक रुपैयाँ पनि खर्च हुन नदिनुभएका डा.देवकोटा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा निष्ठा, कार्यकुशलता र सेवाभावको पर्यायवाची बन्नुभएको छ र आजका युवा चिकित्सकहरूका लागि एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। बुबा नेत्रप्रसाद देवकोटा र आमा राजकुमारी देवकोटाको कोखबाट तीनजना सन्तान मध्ये कान्छो छोराको रुपमा गोरखाको ऐतिहासिक भूमि अजिरकोट-५ मा जन्मिनुभएका ३४ वर्षीय डा.देवकोटाको जीवन यात्रा सङ्घर्ष, समर्पण र अतुलनीय सफलताको एउटा प्रेरक कथा हो। प्रारम्भिक सङ्घर्ष र शैक्षिक फड्को डा. देवकोटाको प्रारम्भिक शिक्षा भने गाउँकै स्थानीय श्री चतुर्माला… पुरा पढौ

लमजुङमा वर्षाले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन, पुलदेखि सडकसम्म निरीक्षण

लमजुङ। असोज ९ देखि ११ गतेसम्म परेको भारीदेखि अति भारी वर्षाका कारण लमजुङमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको नेतृत्वमा गएको टोलीले बेंसीसहर नगरपालिका–१ उदिपुर र वडा नं। ११ चिती जोड्ने पुलको उदिपुरतर्फ भासिएको जमिनको निरीक्षण गरेको हो। जमिन भासिएपछि उक्त पुलबाट ठूला सवारीसाधनको आवतजावत रोकिएको छ। टोलीले पुलको जीर्ण तथा भत्किएको भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबारदेखि मर्मतको प्रक्रिया… पुरा पढौ

संघर्षदेखि उम्मेदवारीसम्म: तीर्थ बहादुर थापाको राजनीतिक यात्राको कथा

नेपाली कांग्रेससँगको सम्बन्ध तीर्थ बहादुर थापा लागि केवल राजनीतिक आबद्धताको विषय होइन, यो उहाँको जीवनको लामो संघर्ष, आन्दोलन, संस्कृति र सामाजिक योगदानसँग जोडिएको यात्रा हो। विद्यार्थी जीवनदेखि सुरु भएको उहाँको राजनीतिक यात्रा विभिन्न आन्दोलन हुँदै नेपाली कांग्रेसको सांस्कृतिक अभियानसम्म पुगेको छ। हाल आफू नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि लमजुङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेको स्पष्ट पार्दै थापाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आगामी असोज १६ गतेबाट काठमाडौं हुने केन्द्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने इच्छा रहेको बताउनुभयो ।… पुरा पढौ

लमजुङका आठै पालिकामा कांग्रेसको नेतृत्व चयन

लमजुङ । नेपाली कांग्रेस लमजुङले जिल्लाका आठवटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। पालिका अधिवेशनबाट सातवटा पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने मध्यनेपाल नगरपालिकामा मतदानमार्फत सभापति चुनिएका छन्। अधिवेशनबाट बेसीशहर नगरपालिकाको सभापतिमा पूर्णबहादुर थापा र सुन्दरबजार नगरपालिकाको सभापतिमा उत्तम गुरुङ निर्विरोध चयन हुनुभएको छ। त्यस्तै मर्स्याङ्दी गाउँपालिकाको सभापतिमा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा कमल धिताल र क्व्होलासोथार गाउँपालिकामा राजु गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। राइनास नगरपालिकाको सभापतिमा नुरराज कडरिया पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ। मध्यनेपाल नगरपालिकामा… पुरा पढौ

लमजुङमा साइकल यात्रा, देशभरका पाँच सयभन्दा बढी साइकल यात्री सहभागी

वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धनको सन्देशसहित लमजुङमा साइकल यात्रा सुरु भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा शनिबार बेंसीशहरबाट साइकल यात्रा सुरु गरिएको हो। ‘साइकल पर्यटन, वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धन अभियान’ अन्तर्गत आयोजना गरिएको यात्रामा देशका विभिन्न ठाउँबाट आएका पाँच सयभन्दा बढी साइकल यात्री सहभागी छन्। साइकल यात्रा अभियानको शनिबार बिहान बेंसीसहरमा बेंसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले उद्घाटन गरेका हुन्। लमजुङ साइकल संघका अध्यक्ष ध्रुबराम प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख अर्याल प्रमुख अतिथि रहेका थिए। यात्राको… पुरा पढौ

एसईईमा जिल्ला उत्कृष्ट हुने ५ जना पुरस्कृत

शिक्षा दिवशको अवसरमा लमजुङ जिल्लाबाट २०८२ को माध्यमिक परीक्षामा एसईई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र विद्यालयलाई पुरस्कृत गरी सम्मान गरिएको छ । जिल्लाभरमा ४ जिपिए ल्याएर प्रथम हुने २ जना कुशुमाकर मा.वि, रामबजारका सदिक्षा अधिकारी र फ्युचर स्टार मा.वि भोटेओडारका सौजन्य अधिकारीलाई रु ७⁄७ हजारका साथमा प्रमाणपत्र दिएर सम्मान गरिएको छ । त्यस्तैगरी ३.९७ जिपिए ल्याएर द्धितीय हुने इशानेश्वर मा.वि भोर्लेटारका सचिन वि.कलाई ५ हजार, ३.९६ जिपिए ल्याएर तृतीय हुने जनकल्याण मावि उदीपुरका अनुपा जोशी र युनिर्भसल एकेडेमीका प्राप्ती सुयँललाई… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ

जाजरकोट भूकम्प पछिको फोटो फिचर

जाजरकोट आसपासलाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भुकम्प जाँदा ठूलो धनजनको क्षति’ भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पुगे उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुरा पढौ

पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना

लमजुङकाे सदरमुकाम बेँसीसहरकाे दलालस्थित सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्दै, हिउँदमा सुनसान हुने झरनामा बाह्रै महिना पानी बहने बनाउन नगरपालिकासग स्थानीयकाे माग पुरा पढौ