बैँक / वित्त

बाढीपीडितका लागि गुरुङ समुदायको १४ लाख ४५ हजार सहयोग

लमजुङको बेंसीसहर क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु। १४ लाख ४५ हजार ५ सय ७२ सहयोग गरेका छन्। तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाइको संयोजनमा १७ वटा तमु समाज र ८ सय ५७ जना दाताबाट रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको परिषद्का सचिव कृष्णबहादुर घलेले जानकारी दिए। शुक्रबार बेंसीसहर नगरपालिका–७ त्रिवेणी टोलस्थित शान्तिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा सहयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा परिषद्का अध्यक्ष कुमबहादुर… पुरा पढौ

बाढीपीडितको सहयोगमा फ्युचर स्टार विद्यालय परिवार, २ लाख ८९ हजार राहत कोषमा

पीडित नागरिकको साथमा उभिँदै लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय परिवारले २ लाख ८९ हजार १९५ रुपैयाँ सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त पहलमा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण घलेले जानकारी दिनुभयो। विद्यालयका संस्थापकद्वय बाबुराम पौडेल र साबित्रा दवाडी पौडेलले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै,… पुरा पढौ

भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला, ५ हजार १३२ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको १५ दिन पुग्दा हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ। फेला परेका शवमध्ये १०२ जनाको सनाखत गरी आफन्तलाई… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्याबसन लमजुङद्धारा १६ लाख ३१ हजार सहयोग

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्याब्सन लमजुङसँग आबद्ध विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपैयाँ सहयोग गरेका छन्। प्याब्सन लमजुङले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयहरूबाट संकलित १२ लाख ४७ हजार ६ सय ५५ रुपैयाँ प्याब्सन राहत कोषमा जम्मा भएको छ भने ३ लाख ८३ हजार ३ सय ९० रुपैयाँ सम्बन्धित राहत कोषमा सिधै जम्मा गरिएको छ। प्याब्सनको राहत कोषमा सबैभन्दा बढी युनिभर्सल एकेडेमी, बेसीशहर–७ ले ३ लाख ५० हजार ४ सय ६८… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई लमजुङ सुनचाँदी व्यवसायी संघको १ लाख ४१ हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि लमजुङ सुनचाँदी व्यवसायी संघले १ लाख ४१ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ। संघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत ३६ हजार रुपैयाँ र जिल्ला संघको तर्फबाट १ लाख ६ हजार १ सय २५ रुपैयाँ गरी कुल रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। संघले बुधबार नेपाल बैंकमार्फत सहयोग रकम कोषमा जम्मा गरी त्यसको भौचर लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेको जनाएको छ। बाढीपहिरोमा परी ज्यान… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि बमबहादुर विश्वकर्मा परिवारको १ लाख १० हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्मा परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा, उनकी श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। सहयोग रकम जम्मा गरेको बैंक भौचर परिवारका तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको विश्वकर्माले जानकारी दिए। देश नै शोकमा डुबेको विपद्को अवस्थामा बाढी तथा पहिरोपीडितलाई केही… पुरा पढौ

जलविद्युत् आयोजनामा खोजी तीव्र, टनेलदेखि भग्नावशेषसम्म छानबिन

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य मंगलबार पनि तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधिसहितका संयुक्त टोलीले रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे तथा त्रिशूलीका विभिन्न आयोजनामा खोजी गरेका छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोंगास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी गर्दा एक शव फेला परेको सेनाले जनाएको छ। चिलिमे आयोजनाको टनेलभित्र विन्च र बकेटको प्रयोग गरी भग्नावशेष हटाउँदै खोजी भइरहेको छ। टोली टनेलभित्र करिब ११५ मिटरसम्म पुगेको छ।… पुरा पढौ

कृष्णभीरको सडक ८–१० दिनभित्र सञ्चालनमा आउने, लमजुङ–काठमाडौं यात्रुलाई अझै सास्ती

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड ८ देखि १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक सञ्चालनमा आएपछि लमजुङ–काठमाडौं आवतजावतमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको छ। लमजुङका सांसद धर्मराज केसीसहित पूर्वाधार विकास समितिको टोलीले कृष्णभीर पुगेर क्षतिग्रस्त सडक र निर्माण भइरहेको नयाँ ट्रयाकको अनुगमन गरेको छ। अनुगमनका क्रममा प्राविधिकहरूले नयाँ ट्रयाक निर्माण, जोखिमयुक्त भित्तो कटान तथा पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको र काम अपेक्षित रूपमा अघि बढे ८… पुरा पढौ

रसुवा बाढी: प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा रु। ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो। हाल विभिन्न नौ वटा वाणिज्य बैंकमा कोषको रु। ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात रहेको कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकममध्ये रसुवाका बाढीपीडितको राहत तथा व्यवस्थापनका लागि यसअघि नै रु। १ अर्ब… पुरा पढौ

लमजुङका पसल अब शनिबार पनि खुल्ने

लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि शनिबार पनि पसल खोल्न आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। यसअघि सार्वजनिक बिदाको दिनका रूपमा शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा भदौ २० गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म शनिबार पनि व्यवसाय सञ्चालन गर्न संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको छ। संघका अध्यक्ष… पुरा पढौ