राष्ट्रिय

लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा

लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको छ । सदरमुकाम बेसीशहरमा मगंलबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गनुभएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मन्त्री पाठकले गण्डकी प्रदेशले प्रदेश भित्रका सम्पूर्ण जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गरी उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले प्रतिवेदन प्रस्तुत गर्दै… पुरा पढौ

असार १५ मा रोपाई महोत्सव, (फोटो सहित)

आज १५ असार २२ औँ राष्ट्रिय धान दिवस लमजुङको बेसीशहरमा धान रोपाई महोत्सव गरी मनाइको छ । धान “बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने” नाराका साथ लमजुङ बेसीशहरको दनाई फाँटमा रोपाई गरी धान दिवस मनाइएको हो । रोपाई महोत्सव कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथामा तथा कर्पुरेश्वर आमा समूहका अध्यक्ष कल्पना दनाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्याल, डियसपी रेशम बोहरा, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, लगायत प्रहरी, कर्मचारी, जनप्रतिनीधी, पत्रकार,… पुरा पढौ

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ८९ हजार १२४ जना रहेका छन्। त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८… पुरा पढौ

बेसीशहरको बजेट ७५ करोड ४८ लाख २० हजार

लमजुङको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट पेश गरिएको छ । नगरपालिकाको सोमवार बेसीशहरमा भएको नगरसभा तथा १७ औँ अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२\०८३ को नीति, कार्यक्रम तथा बजेट बजेट पेश गर्नुभएको हो । प्रस्तुत बजेटको चालु तर्फ ४७ करोड ८१ लाख (६३.३४ प्रतिशत) र पुँजीगत तर्फ २७ करोड ६७ लाख २० हजार (३६.६६ प्रतिशत) रहेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८१\०८२ को भन्दा एक करोड ४७… पुरा पढौ

जन्मदिनमा विद्यालयमा संयुक्त वृक्षरोपण कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा परिसरमा जन्मदिनमा वृक्षरोपण कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका संस्थापक सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता कल्पना पाण्डे र अभियन्ता अंकित पाण्डेको जन्मदिनको अवसर पारी संंयुक्त रुपमा विद्यालय परिसरमा विरुवा रोपिएको हो । बेसीशहर वडा नं २ वडा सदस्य रिता अधिकारी, फेवा टेलिभिजन लमजुङ संवाददाता प्रमोद अधिकारी, विद्यालयका प्र.अ तथा शिक्षकहरु, विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको हो । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत जन्मदिनमा वृक्षरोपण कार्यक्रम समावेश गरेर अभियानसंग… पुरा पढौ

त्रिवेणी क्लवको बार्षिक आय व्यय सार्वजनिक

लमजुङ जिल्लाकै सर्वाधिक चर्चित ३२ औं त्रिवेणी कपको सार्वजनिक सुनुवाई एवं दाताहरुलाई सम्मान कार्यक्रम गरिएको २०८२ गरिएको छ । शुक्रबार बेसीशहरमा सरोकारवालहरुको उपस्थितीमा आयव्यय सार्वजनिक गरिएको हो । आयोजक त्रिवेणी युवा क्लवका सहकोषाध्यक्ष सुमन श्रेष्ठले ३२ औं त्रिवेणी कपको १ करोड ३६ लाख १ हजार ७ सय ९९ रुपैयाँको आयव्यय सार्वजनिक गर्नुभएको थियो । जसमा बैदेशिक सहयोग ११ लाख १ हजार ८ सय १९, प्याराफिट टिकट आम्दानी ३० लाख ३० हजाार ६ सय, रसिद सहयोग २० लाख १ हजार ९… पुरा पढौ

आत्महत्या रोकथामको लागि सञ्चार सीपको महत्व

लमजुङ जिल्लाको बेसीशहरमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आत्महत्या रोकथाममा सञ्चार माध्यम र सञ्चारकर्मीको जिम्मेवारी र भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गरिएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजना (कोशिश नेपाल) को आयोजना तथा नेपाल पत्रकार महासंघ लमजुङको समन्वयमा बुधवार आत्महत्या रोकथाममा मिडियाको भूमिकाबारे अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजनाका कार्यक्रम अधिकृत महेन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आचार्यका अनुसार आत्महत्या रोकथाममा सञ्चार माध्यमको भूमिका निर्णायक हुन सक्ने भएकाले मिडियाले संवेदनशील र तथ्यपरक ढंगले… पुरा पढौ

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध मुद्दा दर्ता गराएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने निर्णय कानून विपरीत भएको भन्दै अख्तियारले छानबिन शुरु गरेको थियो । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद स्वतः… पुरा पढौ

प्राणी अनुकूल पर्यावरणका लागि अपिल

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले पर्यावरणमा भएको असन्तुलनले धेरै प्राणीहरु बाँच्न कठिन भएको, कतिपय लोप भईसकेको र कति लोप हुने अवस्थामा पुगेकोले सबै प्राणीहरुको अस्तित्व रक्षाका लागि उनीहरु बाँच्न सहज हुने पर्यावरण कायम राख्न मानव समुदायलाई अपिल गरेको छ । ५३ औं विश्व बातावरण दिवशको अवसरमा विहिबार लमजुङको बेसीशहरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकुल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अभियानले यस्तो अपिल गरेको हो ।बेसीशहरको मनाङे चौताराबाट सुरुवात भएको जागरण रयाली बेसीशहर ८ स्थित प्रकृति नारी… पुरा पढौ

यस वर्ष औषतभन्दा धेरै वर्षा हुने प्रक्षेपण

यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ । यस वर्ष… पुरा पढौ