राष्ट्रिय

पूर्व राष्ट्रसेवक तथा नागरिक संघको कार्यालय उद्घाटन

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ कास्की जिल्ला कार्यसमितिको आयोजनामा शनिबार कार्यालय उद्घाटन तथा २०८३ वार्षिक क्यालेण्डर विमोचन गरिएको छ । पोखरामा भएको कार्यक्रममा पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविनको प्रमुख आतित्थ्ता भएको थियो भने राष्ट्रसेवक तथा नागरिक संघ कास्कीका जिल्ला अध्यक्ष मनबहादुर बस्नेत अध्यक्षतामा भएको थियो । कार्यलयको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविन कार्यक्रमका प्रमुख अतिथि रावलले पोखरा महानगरपालिका १० शिसुवामा संघको कास्की शाखाको कार्यालयको उद्घाटन गर्नुभएको थियो भने संघको केन्द्रले निकालेको आगामी… पुरा पढौ

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु १२ जना घाइते

लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा परी मस्र्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो । उनीहरूलाई उपचारका क्रममा बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा चिकित्सकले मृत घोषणा गरेका हुन् । बेंसीसहरबाट मस्र्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर दुर्घटना भएको हो । जिप उकालोको घुमाउरो… पुरा पढौ

प्रदेश अस्पतालले प्रदान गर्ने सेवाको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम

प्रदेश अस्पताल बेसीशहर लमजुङको सार्वजनिक सुनुवाई विहीबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले कृष्णप्रसाद खनाल, वडा नं ९ का वडाध्यक्ष पवित्रा थापा मगर, अस्पतालका निवर्तमान अध्यक्ष हरिजगं तामााङले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अस्पतालका मेसु डा. शिशिर देवकोटाले अस्पतालकोे आयव्यय र अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहका बारेमा रिर्पाेट प्रस्तुत गर्नुभएको थियो ।… पुरा पढौ

पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा अदालतको अनुमति

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आइतबार विहान पक्राउ परेका खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी… पुरा पढौ

पक्राउ परेका ओली र लेखकलाई ५ दिन थुनामा राख्न अनुमति

शनिबार विहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति दिएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री… पुरा पढौ

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरेको हो भने सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५ः४० मा पक्राउ गरेको हो । नयाँ सरकार गठन भएपछि, मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो। आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी प्रदर्शनको घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। पूर्व गृहमन्त्री रमेश लेखक शुक्रबार नयाँ सरकार… पुरा पढौ

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृहमन्त्री बनेका छन्।१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग… पुरा पढौ

प्रदेश अस्पतालमा डायलसिस सेवा लिने महिला भन्दा पुरुषको संख्या दोब्बर

२५ वर्षकी कल्पना सुनार प्रदेश अस्पताल लमजुङको हेमोडायलासिस कक्ष बाहिर बसिरहनुभएको थियो । उहाँको घर तनहुँको भानु ११ मा पर्छ । उहाको बुवालाई विगत २ वर्ष देखि मृगौलाको समस्या देखियो र अहिले उहाँ आफ्नो बुवाको डायलासिस गर्नको लागि प्रदेश अस्पताल लमजुङ आउनुभएको हो । विगत २ महिना देखि उहाँले आफ्नो बुवाको डायलासिस गर्न बेसीशहर धाउने गरेको बताउनुभयो । त्यो भन्दा अघि बुवाका उपचारको लागि उहाँले तनुहँको दमौलीमा कोठा भाडामा लिएर बसेको बताउनुभयो । अहिले लमजुङ अस्पतालमा डायलासिसको पालो पाएपछि निकै… पुरा पढौ

पत्रकारलाई एआई प्रयोगबारे क्षमता अभिवृद्धि तालिम

लमजुङको बेसीशहरमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको आयोजनामा कार्यक्रमको गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार बिमला भण्डारीले शुक्रबार उद्घाटन गर्नुभयको थियो । तालिममा एआईको प्रयोगमार्फत समाचार लेखन, तथ्य जाँच (फ्याक्ट चेक), सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा देखिएका नयाँ प्रविधिहरूबारे जानकारी गराउनुका साथै एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिकता, विश्वसनीयता र जोखिमका पक्षबारे समेत छलफल गरिएको थियो। तालिमले पत्रकारहरूलाई प्रविधिसँग अद्यावधिक हुन तथा डिजिटल युगमा प्रतिस्पर्धी बन्न… पुरा पढौ

सुन्दरबजारमा सरसफाई सम्बन्धी सामग्री वितरण

स्टे अप र स्केल अप परियोजना अन्तर्गत नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं. ४ मा आयोजना गरिएको हो । पाउँदी अन्तर आमा समूहकी अध्यक्ष साबित्रा नौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुल ६० जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मनोबिमर्शदाता शोभा ठकुरीको नेतृत्वमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। मेडिकल अधिकृत डाक्टर विवेक पौडेलले नसर्ने रोगका कारण, लक्षण तथा रोकथामका उपायबारे… पुरा पढौ