Author Archive

आहा रारा गोल्डकपकाे विजेता संकटा क्लब

पाेखरा रंगशालामा शनिबार भएकाे २२ औं संस्करणको पोखरा आहा रारा गोल्डकपकाे फाइनल खेलमा अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लबलाई ३ -२ गाेलले हराउँदै संकटा युथ क्लबले ट्र्फी हात पारेकाे छ ।यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । खेलको पहिलो हाफमा संकटाले गोलको खाता खाेलेकाे थियाे । पहिलो हाफको ३४ औं मिनेटमा संकटाले फेरि दाेस्राे गाेल गर्याे । त्यसपछि भूटनिज यूथ स्पोर्टस क्लबले दुई गाेल गरेकाे थियोे । खेल निकै प्रतिस्पर्धामा चलिरहेको बेला थप… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो । संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङ र मेसुकीले गाेल गरेका थिए । फाइनलमा पुगेकाे संकटाले चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ । पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहकाे केही झलकहरू । (फाेटाे फिचर)

१७ पुस, २०७९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहकाे केही झलकहरू । फाेटाे फिचर पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ। अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गर्नुभएको थियो। उक्त उद्घाटन समारोहमा व्यापक जनसहभागिता भएको थियोे । पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट माेबाइल ल्याउन गरिएको कडाइलाई कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन्।

विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयनमा नल्याउन उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका हुन् । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय यसअघि मन्त्रालयले गरेको थियो । प्रधानमन्त्रीकाे निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो । पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा ।

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखी २३ गतेसम्म आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अहिले तयारी पूरा भएको छ । २२ औँ संस्करणकाे रूपमा हुनलागेको उक्त प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्टस क्लब अमेरिका, नेपाल प्रहरी… पुरा पढौ

फाेटाे फिचर

पोखरा,७ मंसिर।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान गर्दै यती एयरलाइन्स र बुद्ध एयरको जहाज। पुरा पढौ

विश्व कपकाे उपाधि अर्जेन्टिनाकाे पाेल्टामा

अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्व कप फुटबल २०२२ काे उपाधि हात पारेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा दुवै टाेलीले एक एक गाेल थपेपछि खेल ३–३ गाेलकाे बराबरी पुगेकाे थियाे । त्यपछि भएकाे पेनाल्टी सुटआउटमा ४-२ गाेलले फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्व कपकाे उपाधि उचालेकाे हाे । पुरा पढौ

पाेखरामा पुस ६ देखि नेपाल लिटरेचर फेस्टिभल

नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गरी फेस्‍टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा दुई सय भन्दा बढी स्वदेशी, विदेशी लेखक, ५० भन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरा पढौ

सहरमा सरलीकृत हुँदै रजस्वलाको सामाजिक जटिलता

पाेखरा, २८ मंसिर । कल्पना चिलुवालसमय परिवर्तनशील छ । यस परिवर्तनशील समयलाई शिक्षा, चेतना, सञ्चार माध्यम, वैज्ञानिक उपकरण आदिले अझ द्रुत गतिमा बदल्दै लगेको छ । जसको प्रभाव समाज, संस्कृति हु्ँदै व्यक्ति विशेषमा टड्कारो रुपमा देखिन थालेको छ । यस्तै कुराहरु मध्ये नेपाली समाजमा रजस्वला अर्थात् महिनावारी भएकी महिलालाई हेर्ने दृष्टिकोण पनि एक हो । नेपालमा विशेष गरी ब्राम्हण ÷क्षेत्री समाजमा महिलालाई रजस्वला हुँदा भान्छाको काम लगायत पूजाआजा आदि कार्य गर्न रोक लगाइन्छ । यसको प्रभाव परेका अन्य समूदायले पनि… पुरा पढौ