मनाङ

अत्याधिक चिसोले मनाङ रित्तिदै

अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेगबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएको हो । चिसोले जमेपछि खोलानालाको पानीसमेत जम्ने र धारामा समेत पानी आउन छाडेको छ । चिसो बढेपछि माथिल्लो मनाङको नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालन गरिएको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि… पुरा पढौ

हिमाली जिल्ला मनाङमा स्याउ टिप्ने सिजन सुरु

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’,… पुरा पढौ

हिमाली जिल्ला मनाङ जाने ३५ किलोमिटर सडकमा ३५ पहिरो, आवागमन ठप्प

हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने, ‘केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको… पुरा पढौ

अविरल बर्षाका कारण बेसीशहर चामे सडक अवरुद्ध

शुक्रबार राती देखि परेका अविरल बर्षाका कारण लमजुङ बेसीशहर देखि मनाङको चामे सडक अवरुद्ध भएको छ । सडकको ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हुन पुगेको हो । बेसीशहर नगरपालिका वडां ६ को खरखरे भिरमा पहिरो आएर बाटो थुनेको छ भने, मस्र्याङदी गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरो सहित ठूला चट्टान आएर बाटो थुनेको छ । बाटो खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षाले काम गर्न सहज नभएको ङादीका स्थानीय सरोज गुरुङले बताउनुभयो । हिमाली… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

मनाङमा छायांकन हुँदै भारतीय फिल्म

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन… पुरा पढौ