
लमजुङमको क्व्होलासोथर गाउँपालिकाको मतगणना भैरहँदा पहिला पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । हालसम्म ९ हजार ६ सय १ मत गणना हुँदा पृथ्वीसुब्बा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याएका छन् ।
दूधपोखरी गाउँपालिकाको मत गन्दा कांग्रेसले र रास्वपले पछि लागेका एमालेका पृथ्वीसुब्बा गुरुङ क्व्होलासोथार गाउँपालिका पुग्दा अघि बढेका हुन् ।
कांग्रेसका गमप्रसाद गुरुङले २७ सय ९३ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार धर्मराज केसीले २३ सय ९२ मत ल्याएका छन् । नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ३६ मत ल्याएका छन् ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो ।
अहिलेसम्म दुधपोखरी गाउँपालिका र क्होलासोथर गाउँपालिकाको मत गणना सम्पन्न भैसकेको छ भने अब मध्यनेपाल नगरपालिकाको मत गणना सुरु भएको छ ।










