
प्रदेश अस्पताल बेसीशहर लमजुङको सार्वजनिक सुनुवाई विहीबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले कृष्णप्रसाद खनाल, वडा नं ९ का वडाध्यक्ष पवित्रा थापा मगर, अस्पतालका निवर्तमान अध्यक्ष हरिजगं तामााङले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा अस्पतालका मेसु डा. शिशिर देवकोटाले अस्पतालकोे आयव्यय र अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहका बारेमा रिर्पाेट प्रस्तुत गर्नुभएको थियो । रिपोर्ट प्रस्तुत गर्द मेसु डाक्टर देवकोटाले पछिल्लो समय इन्डोस्कोपी, आइसियु, बालरोग विषेशज्ञ, नाक कान तथा घाँटी, छाला रोग तथा म्याक्जिलो फेसियल लगायतका विशेषज्ञ सेवा थप भए भएको जानकारी दिदैँ प्रदेश अस्पतालमा बेसीशहर लमजुङले प्रदेशमै सकेसम्म उत्कृष्ट सेवा प्रदान गर्ने कोशिस गरेको बताउनुभयो । सेवाहरु थप हुँदै गएपछि दिनप्रतिदिन अस्पतालमा उपचार गर्न विरामीको संख्यामा पनि उल्लेख्य बृद्धि भएको तर स्रोत साधन सिमित भएर सोचे जस्तो सेवा दिन मुस्किल भएको मेसु डा. देवकोटाले बताउनुभयो ।

कार्यक्रममा नयाँ दीप अनलाईनका सम्पादक सृजना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको रिर्पोट प्रस्तुत गर्नुभएको थियो । रिर्पोटमा सेवाग्राही तथा विभिन्न सरोकारवाला निकायहरुसगँ लिएको अभिमतको आधारमा अप्पतालका राम्रा पक्ष र अस्पतालले सुधार गर्नुपर्ने कुराहरु समेटिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सदस्य सविता बराल, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख जितेन्द्र बहादुर बस्नेत, शसस्त्र प्रहरी गुल्म हेडक्वाटर लमजुङका विकास अधिकारी, औषधी व्यवसायी संघका अध्यक्ष धनबहादुर अधिकारी, प्रदेश आर्युबेदिक चिकित्सालय बाँझाखेतका डाक्टर कुमार कासोला, कोष नियन्त्रक होमलाल रेउले, पत्रकार महासंघका अध्यक्ष सन्देश अधिकारी सरोकारवाला निकाय, स्थानीय, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले अस्पतालको सेवासुविधाहरुको बारेमा सुधार गर्नुपर्ने पक्षहरुका बारेमा आफ्नो भनाई राखेका थिए । अस्पतालमा दक्ष जनशक्ती थप गर्नुपर्ने, भएका उपकरणहरु सुचारु गरिनुपर्ने, ल्याव, फार्मेसीमा भिडभाड नियन्त्रण गर्नुपर्ने, सरसफाइमा ध्यानदिनुपर्ने, अस्पतालकै फार्मेसीमा निशुल्क र सशुल्क औषधीहरु उपलब्ध गराउनुपर्ने, छिटो छरितो र सहज रुपमा नागरिकहरुलाई सेवा दिनुपर्ने लगायतका गुनासाहरु आएका थिए ।
सहभागीहरुबाट आएका र सामाजिक परीक्षणमा आएका गुनासाहरुलाई अस्पतालका मेसु डाक्टर शिशिर देवकोटाले प्रस्ट्याउँदै, आएका सुझाबहरुलाई आगामी दिनहरुमा पुरा गर्नको लागि सकेको पहल गर्ने बताउनुभएको थियो ।
लमजुङ जिल्ला अस्पतालको आयोजना र माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो ।









