बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

-


     नयाँ दीप    
     चैत्र १३ गते २०८२ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।

स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृहमन्त्री बनेका छन्।
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् ।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।