
लमजुङको बेसीशहरमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको आयोजनामा कार्यक्रमको गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार बिमला भण्डारीले शुक्रबार उद्घाटन गर्नुभयको थियो ।
तालिममा एआईको प्रयोगमार्फत समाचार लेखन, तथ्य जाँच (फ्याक्ट चेक), सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा देखिएका नयाँ प्रविधिहरूबारे जानकारी गराउनुका साथै एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिकता, विश्वसनीयता र जोखिमका पक्षबारे समेत छलफल गरिएको थियो।

तालिमले पत्रकारहरूलाई प्रविधिसँग अद्यावधिक हुन तथा डिजिटल युगमा प्रतिस्पर्धी बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। तालिमको एआइ अध्यता जीवन भण्डारीले सहजिकरण गर्नुभएको छ । चैत ६ र ७ गते दुई दिने तालिममा जिल्लाका पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय, बेसीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिकाले सहयोग गरेका थिए। उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासघं लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा भएको थियो ।









