सुन्दरबजारमा सरसफाई सम्बन्धी सामग्री वितरण

-


     नयाँ दीप    
     फागुन ३० गते २०८२ मा प्रकाशित


स्टे अप र स्केल अप परियोजना अन्तर्गत नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं. ४ मा आयोजना गरिएको हो ।

पाउँदी अन्तर आमा समूहकी अध्यक्ष साबित्रा नौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुल ६० जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मनोबिमर्शदाता शोभा ठकुरीको नेतृत्वमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। मेडिकल अधिकृत डाक्टर विवेक पौडेलले नसर्ने रोगका कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिनुभएको थियो। त्यसैगरी मनोबिमर्शदाता शोभा ठकुरीले मानसिक स्वास्थ्य समस्या, तनाव व्यवस्थापन तथा व्यक्तिगत सरसफाइको महत्वबारे प्रशिक्षण दिनुभएको थियो।

यस अभिमुखीकरण कार्यक्रमको विशेष पक्षका रूपमा सहभागीहरूलाई व्यक्तिगत सरसफाइ किटसहित विभिन्न सरसफाइ सामग्रीहरू वितरण पनि गरिएको थियो। उक्त कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्य, नसर्ने रोगको रोकथाम तथा व्यक्तिगत सरसफाइबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।