राजनीति

सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा हुनहुन्न भने सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक हुनुहुन्छ । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा… पुरा पढौ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्। अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरूको… पुरा पढौ

कर्णालीमा कात्तिक दोस्रो साता सरकार फेरिने !

कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो साताको सुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो । सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्त्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तान्तरण प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गते… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

खिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी,… पुरा पढौ