२० वर्षिय सरुको दुवै मृगौला फेल, रकम अभावमा उपचारमा समस्या

-


     नयाँ दीप    
     फागुन २७ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर ४ झक्रे घर भएकी २० वर्षिय सरुको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या भएको छ । हाल तीन महिना अघिदखि विरामी परेकी सरु मगर गुरुङको मृगौला फेल भएको थाहा पाएपछि विगत १ महिना अघिदेखि भारतको हिम्स अस्पतालमा उपचाररत छन् ।

कामको सिलशिलामा भारत पुगेकी सरु र उनका श्रीमान् ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । एक्कासी विरामी परेपछि अस्पताल भर्ना हुनुपरेको र उनका आफू पनि विरामी श्रीमतीको रेखदेख गर्दा काम गर्न नपाएको र श्रीमान् हेमन्त गुरुङले बताए । काम गर्न नपाएपछि खानपान तथा उपचारमा समस्या भएको गुरुङको भनाई छ ।

भारतमा हुने केही नेपालीहरुले सहयोग केही रकम सहयोग गरेको कारण अस्पतालमा सामान्य उपचार गर्दै गरेको भएपनि पैसाको अभावमा थप उपचारको लागि राम्रो अस्पतालमा लैजान नसकेको गुरुङले बताए ।

आफ्नो बहिनीको उपचारको लागि सहयोग गरि जीवन रक्षा गरिदिन सरुको दिदी सृजना रोका मगरले सबैलाई अनुरोध गरेकी छन् । तपाईहरुको सानो सहयोगले आफ्नो बहिनीले नयाँ जीवन पाउनेछिन् भन्दै उनले सहयोग अपेक्षा गरेको बताइन् । सरुको परिवार बेसीशहर सेरामा बसी दैनिक ज्याला मजदुरी गर्दै आएका छन् ।
सहयोग गर्नको लागि
नाम ः सिर्जना रोका मगर
कामना विकास बैंक, बेसीशहर लमजुङ
खाता नम्बर ०५८१४१००८६८२१२०००००१