
किराना पसल तथा होटल संचालन गरि नाबालिकाहरुलाई अनैतिक कृयाकलापमा संलग्न गराउने पसले लाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको बेसिशहर वडा नं ८ ठाडो लाईन स्थित किराना पसल संचालक ४५ की कोपिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बालबालिकाहरुलाई अनैतिक कार्यमा संलग्न गरिएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरी टोलिले खोजतलासी गरेको थियो । सोही क्रममा आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरुलाई आफ्नो किराना पसलमा काम गर्ने भनि राखी पसलको पछाडि भागमा छुट्टै कोठा व्यवस्था गरि पुरुष ग्राहकहरुसँग शारिरीक सम्पर्क गर्न लगाउने र आर्थिक फाईदा लिई जवरजस्ति यौन व्यवसायमा संलग्न गराएको पुष्टि हुने सबुद प्रमाण समेत फेला पारेकोे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पक्राउ परेपश्चात किराना पसल संचालिका कोपिला श्रेष्ठलाई तत्काल पक्राउ गरी आवश्यक कानूनी प्रकृया पश्चात् लमजुङ जिल्ला अदालतबाट मानव वेचबिखन सम्वन्धी कसुर मुद्धामा दिन ७ (सात) म्यादथप अनुमती लिई थप अनुसन्धान भईरहेको छ प्रहरीको भनाई छ ।
उद्धार गरिएको तीन जना पिडित नावालिकाहरुलाई संरक्षण गृहमा राख्ने आवश्यक प्रवन्ध मिलाईएको छ ।










