
लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढुङगेखोला (छोटेखोला) ताजेबाट बेसीशहर तर्फ आउँदै गरेको बस दुर्र्घटना हुँदा ७ जना घाइते भएका छन । आइतबार ग १ ज ७५५५ नम्बरको बेलेरो जिपको ब्रेक फेल भई भित्तामा ठोकिन जाँदा उक्त बलेरोमा सवार ७ जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमा दोर्दी गा.पा. ६ बस्ने बर्ष ४४ की मैती कुमारी तामाङ, ५८ वर्षका लाल बहादुर तामाङ, २३ वर्षका नबिन्द्र घले, २१ वर्षका घिसे लामा, ३४ वर्षिय हरीमाया तामाङ, ३० बर्षकी खुसी माया घले र ४२ वर्षका ठगम घले रहेका छन् ।
दुर्घटना स्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरी प्रदेश अस्पताल बेसीशहरमा उपचार गरिदै छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










