लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । ऐतिहासिक तथा प्राकृतिक रुपले भरिपूर्ण राइनासकोटमा अन्य सयममा पनि दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । कुनै चाडपर्व वा विषेश होस् अथवा विदाको दिन राइनासकोटमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायत १८ ओटा हिमाल देख्न सकिन्छ । नेपालको एकीकरणको शुरूको विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ…
पुरा पढौ