रोचक प्रसङ्ग

लमजुङ प्रहरीद्वारा १ सय १२ थान हरियार बरामद

जिल्ला प्रहरी कार्यालय लमजुङले गैरकानुनी हातहतियार १ सय १२ थान बरामद गरेको छ । बरामद गरिएका हतियारमा एकनाले भरुवा बन्दुक, दुईनाले भरुवा बन्दुक र बारबोर हर्नेट रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका उक्त हतियार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । ५ वर्षसम्म लगातार नवीकरण नगरेका हतियार स्वतः गैरकानुनी मानिने हुँदा यस्ता हतियार बुझाउन सूचना जारी गरिएको थियो । कतिपयले हामीलाई सूचना गरेर बुझाए भने कतिपय हतियार हामीले नै बरामद गरेको प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले… पुरा पढौ

आज विजया दशमीः टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा,

आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ३३ मिनेटमा रहेको टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको… पुरा पढौ

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले जानकरी दिएका छन् । आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ… पुरा पढौ

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्। महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको… पुरा पढौ

प्राविधिक शिक्षा जेटिएमा विद्यार्थीको आकर्षण घट्दै, ७ हजारमै पढ्न पाएपनि विद्यार्थी संख्या भने न्यून

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेको ग्रामीण तालिम केन्द्रमा जेटिए पढ्ने विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएको छ । न्यून शुल्क जम्मा ७ हजारमै १८ महिने जेटिए कोर्ष पढ्न पाउने भएपनि विद्यार्थीहरुको आकर्षण भने निकै कम भएको हो । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आंगिक संस्थाको रूपमा रहेको ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१\०८२ का लागि नयाँ भर्नाको लागि विज्ञापन खुले पश्चात ४० जनाको कोटामा जम्मा ३ जना फर्म भर्न सम्र्पकमा आएका छन् ।गतवर्ष ९ जना… पुरा पढौ

बेसीशहरमा रोपाइँजात्राको रौनक: फोटो फिचर

श्रीकृष्ण जन्माष्टमीको अवसर पारी लमजुङ सदरमुकाम बेसीशहरमा सोमबार रोपाइँजात्रा निकालिएको छ । बेसीशहरमा रहेका नेवार समुदायले परम्परादेखि देखाउँदै आएको रोपाइँजात्रामा स्थानीय नेवार समुदायका केटाकेटीदेखि बुढापाकासम्मले विभिन्न भेषभूषामा सजिएर रोपाइँजात्रा मनाएका हुन् । बेसीशहरको भीमसेनस्थानबाट शुरु भएको रोपाइँजात्रा त्रिवेणी टोल, मनाङे चौतारा, फूलबारी चोक, प्रशासन चोक, शेराचोक, विदाइ चौतारा, नारायण स्थान चोक हुँदै पुनः भीमसेनस्थानमा पुगी टुंगिएको छ । जात्रामा नेवार समुदायका २५० भन्दा बढी सहभागी थिए । यसबाहेक जात्रा हेर्नेहरुको संख्या भने ठूलो थियो । कृष्ण जन्माष्टमीमा बेसीशहर बजारमा पञ्चेबाजा… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

आज नाग पञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरका मूलढोकामा नागको तस्वीर… पुरा पढौ

लमजुङका उत्सवले लिए देशकै पहिलो स्थान

लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल भएका छन् । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसी स्थायी घर भई हाल दाङ घोराहीमा बसोबास गर्दै आएका घिमिरेले सोही ठाउँमा रहेको गोर्खा स्कुलबाट ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम भएका हुन् । २०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई पनि सोही ठाउँका विद्यालयमा नै पढाउँदै आएका थिए । कक्षा १ मा भर्ना भएदेखि कहिल्यै पनि दोस्रो नभएको उत्सवकी आमा हिन्दु घिमिरेले बताउनुभयो । पढाईमा निकै… पुरा पढौ

हर्स राइडिङ्घ व्यवसायमा रम्दै निवर्तमान वडाध्यक्ष दवाडी

कुनै बेलाको गाउँको विकासका लागि दौडधुप गर्ने लमजुङका एक वडाध्यक्ष अहिले भने फरक व्यवसायमा व्यस्त छन् । लमजुङको दुधपोखरी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष गोविन्द दवाडीले अहिले हर्स राइडिङ एण्ड बग्गी व्यवसाय सुरु गर्नुभएको हो । तारकेश्वर नगरपालिका वडा नं ९, काडमाडौंमा दवाडीले एभरेष्ट हर्स राइडिङ्घ दर्ता गरी करिब १ करोडको लगानिमा व्यवसाय सुरु गर्नुभएको छ । १८ वर्ष सम्म नेपाल सरकारको आर्मीमा जागिर खाँदा घोडचडीमा काम गरेको अनुभव भएकाले पेन्सनमा निस्किएपछि यहि व्यवसाय सुरु गरेको दवाडीले बताउनुभयो… पुरा पढौ