प्रवास

जेन जी प्रदर्शनमा १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाको उपचार चल्दै, गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो । अस्पतालहरूको… पुरा पढौ

बिपिनकी आमा र बहिनीद्धारा इजरायली राष्ट्रपतिसगँ भेट, शिघ्र रिहाइको लागि पहल गरिदिन माग

बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्। त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ

१७ वर्षको अवधीमा ८४ लाख भन्दा धेरै नेपाली विदेशिय

१७ वर्षको अवधीमा ८४ लाख ६४ हजार ७ सय सतासी जना नेपालीले श्रम स्वीकृती लिएर बैदेशिक रोजगारीमा गएको तत्थ्याङ सार्वजनिक भएको छ । सोमबार लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा यस्तो तत्थ्याङ्क सार्वजनिक गरिएको हो । बेसीशहर नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी अर्थात आप्रवास (सामी) कार्यक्रम अन्र्तगत सञ्चारकर्मीको भूमिका विषयक अन्नतरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । “स्वदेश मै रोजगारी गरौं बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔं” भन्ने सन्देशका साथ आयोजना गरिएको सुरक्षित आप्रवासन… पुरा पढौ

कतारका राजा पहिलो पटक नेपाल आउँदै : राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका छ । उनको सवारीको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे… पुरा पढौ

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान, विपिन जोशी अझै सम्पर्क विहीन

दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो । राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो । राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा… पुरा पढौ

हमासका लडाकुद्धारा इजरायलमा आक्रमण : केही नेपाली पनि घाइते

काठमाडौँ । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन । इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘केही नेपाली घाइते भएका छन् । उहाँहरुको यकिन विवरण खुलेको छैन । हामी अहिले तथ्यांक संकलन गर्ने तथा उद्धारको काममा खटिरहेका छौँ,’ घिमिरेले भने । गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठप भएको थियो… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ