तनहुँ

मर्स्याङ्दी नदीमा बस खस्दा २१ जनाको मृत्यु, २२ जना घाइते

तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् । घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् । उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ… पुरा पढौ

जनताले सरकार भएको अनुभुती गर्न पाएका छैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सरकार पछि नेपालमा सरकार छ कि छैन भन्ने जनताले अनुभुती गर्न नपाएको बताउनुभएको छ । शुक्रबार लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो । नेकपा एमालेको पालामा गरेका बिकास निर्माणका कामले निरन्तरता पाउन नसकेको गुनासो गर्दै जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ओलीले भन्नुभयो । ओलीले विकास निर्माणका कामहरु ठप्प जस्तै भएकोले रोजगारी सिर्जना हुननसकेको बताउनुभयो । एमालेको सरकार हुँदा दैनिक… पुरा पढौ

पौडी खेल्ने क्रममा बगाउँदा बालकको मृत्यु

लमजुङको सुन्दरबजार नगरपालिका वडा न. ६ का एक बालकलाई पौडी खेल्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको छ । १० वर्षिय बालक सर्मपण परियारलाई पाउँदी खोलाले बगाउँदा मृत्यु भएको हो । शुक्रबार दिउँसो एक जना साथीसगँ पौडी खेल्न परियार खोलामा पुगेका थिए । खोलाले उनलाई करिव ५ सय मिटर तल पु¥याएको प्रहरीले जनाएको छ । पाउँदी खोला र तनहुँबाट बग्ने नाउँदी खोलाको दोभानमा बालकको शव स्थानीयले फेला पारेका थिए । बालक आदर्श प्रा.वि सिमलचौरको कक्षा ४ मा पढ्थे । विद्यालयले शुक्रबार… पुरा पढौ

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ । जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ