लमजुङ

शैक्षिक क्षेत्रको समस्या समाधान गर्न नयाँ शिक्षा ऐन आउँछ – पूर्वमन्त्री शंकर भण्डारी

शैक्षिक क्षेत्रमा व्यापक समस्या भएको हुँदा यिनको समाधानका लागि नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको पूर्वमन्त्री शंकर भण्डारीले बताउनु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्यूचर स्टार आवासीय माध्यामिक विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा २९ औँ अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । २०२८ सालको शिक्षा नीतिले शैक्षिक क्षेत्रमा थप समस्या ल्याएको र शिक्षाको समस्या नै राष्ट्रिय समस्या भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीको भनाई छ ।… पुरा पढौ

लमजुङ प्रहरीद्वारा १ सय १२ थान हरियार बरामद

जिल्ला प्रहरी कार्यालय लमजुङले गैरकानुनी हातहतियार १ सय १२ थान बरामद गरेको छ । बरामद गरिएका हतियारमा एकनाले भरुवा बन्दुक, दुईनाले भरुवा बन्दुक र बारबोर हर्नेट रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका उक्त हतियार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । ५ वर्षसम्म लगातार नवीकरण नगरेका हतियार स्वतः गैरकानुनी मानिने हुँदा यस्ता हतियार बुझाउन सूचना जारी गरिएको थियो । कतिपयले हामीलाई सूचना गरेर बुझाए भने कतिपय हतियार हामीले नै बरामद गरेको प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव काठमाडौं चुम्यो ३२ औं त्रिवेणी कप

लमजुङको सदरमुकाम बेसीशहरमा भएको त्रिवेणी कप फुटवल प्रतियोगितमा ए.पि.एफ फुटबल क्लव काठमाडौंले उपाधी उचालेको छ । शनिबार त्रिवेणी रगंशालामा बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङलाई ट्राईबेकरमा ३ का विरुद्ध ४ गोलले हराउँदै विभागिय टिम ए.पि.एफ फुटबल क्लव काठमाडौले ३२ औं त्रिवेणी कप उचालेको हो । खेल सुरुवातको १२ औं मिनेटमा वि.वाइ.सि का समिर तामाङले गोल गरी अग्रता दिलाएका थिए भने ३० औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका युवराज खड्काले गोल गरी खेललाई बराबरीमा ल्याए ।त्यस्तैगरी दोस्रो हाफ पछिको ५१ औं… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव र बुद्ध युथ क्लव भोटेओडार त्रिवेणी कपको फाइनलमा प्रवेश, शनिबार फाइनलमा भिड्ने

ए.पि.एफ फुटबल क्लव काठमाडौं र बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज भएको सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लवलाई १ का विरुद्ध २ गोलले हराउँदै ए.पि.एफ फुटबल क्लव काठमाडौं फाइनलमा पुगेको छ । खेल सुरुवातको २१ औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका हरी कार्कीले १ गोल गर्दै अग्रता दिलाएका थिए भने आयोजक त्रिवेणी क्लवका विदेशी खेलाडि व्याङगरले ६७ औं मिनेटमा १ गोल फर्काएर खेल बराबरीमा पुराए… पुरा पढौ

बालिका अपहरण गरी भारत लैजादै गर्दा २ जना भारतिय पक्राउ

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ मा बसोबास गर्ने एक बालिकालाई अपहरण गरी भारत तर्फ लैजाने क्रममा २ जना भारतिय नागरिकलाई प्रकाउ गरिएको छ । बेसीशहर की १४ बर्षिय ३८(११) कुमारीलाई भारत तर्फ लैजादै गर्दा नर्गेश खान र उनकी ४० बर्षिय पत्नी सेख सईतुलालाई नेपाल भारत सिमानामा पक्राउ गरेको हो । भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल लमजुङको बेसीशहर वडा नं ७ मा बस्दै आएका दम्पतीले बालिकालाई प्रलोभनमा पारेर ललाई फकाइ अपहरण गरेर लगेको जिल्ला प्रहरी… पुरा पढौ

त्रिवेणी कपको शनिबारको खेलमा २ टिम क्वाटरफाइनलमा प्रवेश

शुक्रबार देखि लमजुङको सदरमुकाम बेसीशहरमा सुरु भएको त्रिवेणी कपमा शनिबार २ खेल सम्पन्न भएको छ । शनिबारको खेलमा मछिन्द्र क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेल पहिलो हाफमा लाली गुराँस युवा क्लवका बिदेशी खेलाडी ग्लोरिले टिमलाई गोल दिलाएका थिए भने खेलको दोस्रो हाफ सुरु भएपछि प्रतिद्वन्दी मछिन्द्र क्लवका अनिल राना मगरले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गियो र ट्राईबेकरबाट ७ का विरुद्ध ८ गोल गर्दै मछिन्द्र क्लव काठमाडौ विजयी भयो । योसगै… पुरा पढौ

३२ औं त्रिवेणी कपको वन मन्त्री पौडेलद्धारा उद्घाटन, पहिलो खेलमा आर्मी क्लव विजयी

३२ औं त्रिवेणी कप फुटवल प्रतियोगगिताको गण्डकी प्रदेशका वन तथा बाताबरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नु भयको छ । शुक्रबार लमजुङको सदरमुकाम बेसिशहर स्थित सहजीमा रहेको त्रिबेणी रङ्गशालामा रेफ्रिलाई बल हस्तान्तरण गर्दै मन्त्री पौडेलले त्रिवेणी कपको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा त्रिवणी क्लवका पुर्र्व अध्यक्ष समेत रहेका मन्त्री पौडेलले तीन दशक देखि लगातार एउटै प्रतियोगिता हुनु निकै ठुलो कुरा भयको र सुरुका दिनमा कुखुराको भालेबाट सुरु भएको पुरस्कार हाल १२ लाख ठुलो राशी भएको बताउनुभयो । उद्घघाटन पछि… पुरा पढौ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ: देवप्रसाद गुरुङ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने मात्रै भ्रष्टाचारको अन्त्य गर्न सकिने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताउनु भएको छ । नेकपा माओवादी केन्द्र बेसीशहर नगर समितिको दोस्रो अधिवेशनका क्रममा मंगलवार बेसीशहरको भिमसेनस्थान चोकमा भएको खबरदारी सभामा गुरुङले यस्तो बताउनु भएको हो । अहिले बेला न कुबेला संविधान संसोधनका नाममा पश्चगामी मुद्धा उरालेर प्राप्त उपलब्धी माथि हमला गर्ने र द्वन्द्व मञ्चाउने खालका गतिविधि भएका छन् भन्दै यस्ता गतिविधि रोक्न नसके देश थप बर्बादीतिर जाने महासचिव गुरुङले बताउनु भयो ।जनविरोधी क्रियाकलाप,… पुरा पढौ

जनकल्याण माविको वार्षिकोत्सवमा विद्यार्थीहरुद्धारा पञ्चेबाजा बजाई प्रभातफेरी

लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७३ औं बार्षिक उत्सवत तथा ४५ औं अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुले पञ्चेबाजा बजाएर देखाएका छन् । सोमबार विद्यालयको परिषरमा आयोजित कार्यक्रममा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुले पञ्चेबाजा सहित झाँकी प्रस्तुत गरेका हुन् । विद्यार्थीहरुलाई पढाईसगै बाजा बजाउने सिप पनि सिकाईको र उनीहरुले सिकेको सिपलाई वार्षिकोत्सवमा प्रर्दशन गरिएको विद्यालयलका प्र.अ सूर्य बहादुर अधिकारीले बताउनुभयो । कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतित्थ्यता तथा उपप्रमुख पद्मा गुरुङको विषेश आतित्थ्यता रहेको… पुरा पढौ

रोटरी क्लवद्धारा बालबालिकालाई जाडोको पोसाक वितरण

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत बिद्यालय बिम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही बिद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको… पुरा पढौ