धर्म/ सस्कृती

गाउँशहर महायज्ञको खर्च कटाएर ५० लाख ४२ हजार रुपैयाँ बचत

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको आम्दानीबाट ५० लाख ४२ हजार रुपैँया बचत भएको छ । मंसिर २ देखि १० गतेसम्म आयोजित महायज्ञमा विभिन्न दाताहरुबाट प्राप्त दान सहयोग ६९ लाख ४२ हजार छ सय २२ र कलश बिक्रीबाट ५६ हजार गरि कूल ६९ लाख ९८ हजार छ सय २२ रुपैयाँ आम्दानी भएको हो । महायज्ञ मूल आयोजक लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन… पुरा पढौ

गाउँशहर महायज्ञमा आज बेलुकी लाखबत्ती बाल्ने विशेष कार्यक्रम

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित लमजुङदरबार र कालिका मन्दिर परिसरमा मंसिर २ गतेदेखि भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको सुरुवात देखि नै संकलित दान रकमले दिनहुँ अघिल्लो दिनको रेकर्ड तोडिरहेको छ। छैटौंदिन आईतबार पौने बाह्रलाख रुपैयाँ दान संकलन भएकोमा सातौंदिन सोमबार झण्डै १३ लाख रुपैयाँ दान संकलन भएको छ। सोमबार मात्रै १२ लाख ९५ हजार चारसय २५ रुपैयाँ दान संकलन भएको छ। आईतबारसम्म संकलित रकम २९ लाख ४९ हजार ३५ रुपैयाँ २५ पैसा रहेकोमा सोमबारको रकम थपिँदा सोमबारसम्म महायज्ञमा कूल… पुरा पढौ

ऐतिहासिक तथा धार्मिक स्थल लमजुङ दरबार परिषरमा महापुराण सुरु

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिर तथा लमजुङ दरबार परिषरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँशहरको डाँडामा रहेको कालिका मन्दिर र लमजुङ दरबार क्षेत्र विकासको संचालन सहयोगार्थका लागि मंगलबारदेखि महायज्ञको सुरु गरिएको हो । महायज्ञको बेसीशहर गरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एक समारोहका विच पानसमा बक्ति बालेर उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पुर्व गाउँशहरको चण्डीस्थानबाट बाजागाजाका साथ सुरु भएको कलश यात्रा गाउँ परिक्रममा गरी मन्दिर परिषरमा पुगेको थियो । कलश यात्रामा… पुरा पढौ

गाउँशहर कालिका मन्दिरमा हुने महापुराणको तयारी तिव्र

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिरमा धार्मिक जागरण र कोष स्थापना गर्ने उदेश्यले आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र बनाईएको छ । आगामी मंसीर २ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको हो । पण्डित दिपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । गाँउशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा हुने सो धार्मिक महोत्सव लमजुङ कालिका मन्दिर… पुरा पढौ

कार्तिक महिनामा २ सय १० फूलको डोली थानीथान भित्रियो

तनहुँको भानु नगरपालिका–७ मा अवस्थित प्रसिद्ध थानीमाई मन्दिरमा कार्तिक महिनामा मात्रै २ सय १० वटा फूलको डोली भित्रिएको छ । कार्तिक महिना मंगलबार विषेशगरी थानीमाईको मन्दिरमा फूलको डोली भित्र्याउने गरिन्छ । कार्तिक महिनाको पहिलो मगंलबार औंशी परेकाले फूलको डोली भित्रिएन भने दोस्रो मंगलबार ८६ वटा तेस्रो मंगलबार ५८ र कार्तिकको अन्तिम मंगलबार आज ६६ वटा फूलका डोली थानीथानमा भित्रिएको छ । फूलका डोलीसगैँ पुजाअर्चनाको गर्न लाखौंको संख्यामा भक्तजनहरु थानीथान पुगेका छन् । सोमबार मन्दिर परिसरमा नै पुगेर हजारौंको संख्यामा रातभर… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठान लमजुङको नयाँ अध्यक्षमा तामाङ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ । शनिबार राती सदरमुकाम बेसीशहरमा सम्पन्न २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । प्रतिष्ठानको अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्ष सङ्गीता गुरुङ, सचिव चित्र दुरा, कोषाध्यक्ष सुमन न्यौपाने, सह–सचिव सावित्री पोख्रेल, सह–कोषाध्यक्ष राजकुमार गुरुङ (राज) र प्रवक्ता लक्ष्मी तामाङ निर्वाचित हुनु भएको छ । त्यस्तै, कार्यसमिति सदस्यमा कृष्ण वस्ती (निक्की),… पुरा पढौ

हरिबोधनी एकादशीका अवसरमा विभिन्न ठाउँमा मेला महोत्सव

आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । लमजुङ जिल्लाको विभिन्न ठाउँमा ठूलो मेला लागेको छ । जिल्लाको पाउँदी, खुदी, सिसाघाट, बेसीशहरको कर्पुरेश्वर लगायतका ठाउँमा एकादशी मेला लागेको हो । हरिबोधनी एकादशी पर्वको अवसरमा बेसीशहरको कर्पुरेश्वर, खुदी, पाउँदीमा बाजागाजा तथा भजन किर्तन गर्दै मस्र्याङदी नदीमा फूलको डोली तथा फूलको डोरी तारिएको छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ।… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइयो

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् । व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर… पुरा पढौ

भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ । भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ। भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार… पुरा पढौ

लमजुङ दरबारको निर्माण कार्य बजेट अभावमा अलपत्र

लमजुङको बेँसीसहर नगरपालिका वडा नं ३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। २ वर्षमा सक्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिएको दरबारको रकम अभावमा निर्माण कार्यमा ढिलाई भएको हो । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षअघि पुनर्निर्माण थालेको थियो। बाइसे,चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्। स्थानीयले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।… पुरा पढौ