भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

-


     नयाँ दीप    
     कार्तिक ६ गते २०८२ मा प्रकाशित


यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ ।

भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ।

भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार कुकुर तिहार र दिउँसो औंशी तिथिका कारण लक्ष्मीपूजा गरिएको छ भने, यस वर्ष गाई, गोरु र म्ह पूजा कार्तिक आज ५ गते बुधबार हुनेछ। आजदेखि नै नेपाल संवत् अनुसार नयाँ वर्ष ११४६ पनि सुरु हुनेछ। भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा कार्तिक ६ गते बिहीबार मनाइनेछ।