
लमजुङमा श्री ३ कुश्माखर उपाध्याय घिमिरेको ५ सय ७३ औ जन्मजयन्ती मनाइएको छ । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान बेसीशहर लमजुङले पहिलो पटक कुश्माखर घिमिरेको जन्म जयन्ती समारोह आयोजना गरेको हो ।
बेसीशहर नगरपालिका वडा नं ३ रानिकुवामा भएको उक्त समारोहमा श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान लमजुङका अध्यक्ष श्रीकान्त घिमिरेले कार्यक्रममाथि प्रकाश पार्दै प्रतिष्ठान स्थापनाको उदेश्य तथा भावी योजना बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अथिति सस्कृतविद् तथा प्राज्ञ डा. दिनेशराज पन्तले इतिहास अध्ययनको क्रममा भेटिएका कुश्माखर उपाध्याय घिमिरेको जिवनगाथाका र कार्यक्रका सहभागीले राखेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।
विगत र वर्तमानलाई हेर्ने हो भने जो जित्छ उसको मात्र इतिहास वन्दै आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, जो हार्छ उसको इतिहास हुदैन तर यो गलत हो । हाम्रो कुल र पुर्खाको वारेमा थाहा पाउन, एतिहासिक र पौराणिक महत्वका कुराहरुप्रति सवैको चासो र अध्ययन हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा घिमिरे वन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेले कुश्माखर उपाध्याय घिमिरे घिमिरेहरुको मात्र पुर्खा नभई राष्ट्रको धरोहर भएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रामप्रसाद घिमिरे, बेसीशहर ३ का वडा सदस्य उषादेवी बराल, स्थानीय जेष्ठ सदस्य अम्बिकाप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य किसान संगित, र विश्व हिन्दु महासंघका प्रदेश सदस्य पशुपति घिमिरेले मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठान सचिव श्रीकान्त घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष अंगराज घिमिरेले स्वागत र दिपक घिमिरेले धन्यवाद मन्तव्य गर्नुभएको थियो ।
कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठानले बेसीशहर ३ रानीकुवामा घिमिरेको पूर्ण कदको शालिक निमार्ण गर्ने भएको छ । प्रतिष्ठानको जग्गा प्राप्ती भएको शालिक निमार्णको लागि प्रदेश सरकारबाट १५ लाख विनियोजन भएको अध्यक्ष श्रीकान्त घिमिरले वताउनुभयो ।
कार्यक्रमका अवसरमा जग्गा दातालाई प्रतिष्ठानको मानार्थ सम्मान गरेको थियो । प्रतिष्ठानको लागि रहेको ४ आना ३ पैसा २ दाम जग्गा दान गर्नुहुने बेसीशहर ३ बाहुनवेसी निवासी स्वर्गिय डिल्लीराम घिमिरेकी धर्मपत्नी हिमादेवी घिमिरेलाई सम्मान पत्र सहित मानार्थ सदस्यता प्रदान गरेको हो ।
१५१० असोज २७ गते लमजुङमा जन्मिएका कुश्माकर घिमिरेले १५५० मा तत्कालिन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि यशोब्रम्ह शाहालाई ल्याएर पुरानकोटको दरबारमा राज्यअभिषेक गरि केहि बर्ष पछि लमजुङको गाउँशहरमा रहेको दरबारमा ल्याएर लमजुङको राजा बनाई राज्य चलाएको इतिहासमा उल्लेख गरिएको छ ।
राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता भएका, सबै जातजातीलाई समान अवसर प्रदान समावेसी बनाउनेका काम पनि कुश्माखर घिमिरेले गरको भएपनि त्यस्ता ऐतिहासिक व्यक्तिलाई इतिहासले विर्सिएको छ । घिमिरे राष्ट्रिय झण्डाको समेत परिकल्पनाकार भएको र लमजुङका ८ वटा कोटहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरु उल्लेख भएको भन्दै पनि उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने संस्कृतिविद् प्रा.डा कान्ता भट्टराई बताउनुहुन्छ ।










