
लिस्नो साहित्यिक मञ्च लमजुङको आठौँ स्थापना साँतौ साधारण सम्पन्न भएको छ । संस्थाले शनिवार बेसीशहरस्थित प्रकृति नारी समाजको भवनमा साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रम सस्थांका अध्यक्ष काजीराम वस्नेतको अध्यक्षता एवं साहित्यकार मातृका खनालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा लिस्नो साहित्यक मञ्चले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । मञ्चले वार्षिक स्रष्ठा तथा कवि सम्मानमा रुद्रनिधि तिवारीलाई सम्मान छ । बेसीशहर नगरपालिका ११ चिति निवासी तिवारीले नेपाली भाषा, कला, साहित्यमा पुर्याउनुभएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर, सम्मान पत्र, टिका र नगद पाँच हजार प्रदान गरी सम्मान गरेको हो ।

त्यस्तैगरी मञ्चले बाल प्रतिभा छनौट अन्तरगत दुई जना विद्यार्थीलाई सम्मान गरेको छ । २०८१\०८२ को बाल प्रतिभा छनौट तर्फ सम्मानित हुनेमा ल्याण्ड स्टार बोर्डिङ स्कुलकी गरिमा घले र अर्थली प्याराडाइज स्कुलकी याना श्रेष्ठ रहेका छन् । मञ्चले वार्षिक रुपमा विद्यालयस्तरमा रचना वाचन तथा प्रतिभा पहिचान कार्यक्रम र साहित्य सम्वन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा कार्यक्रममा कर्मदा सहित्य मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मी प्रसाद मिश्र, हरिप्रसाद अधिकारी, चिति साहित्य समाजका ज्ञानशाली पन्त, मकैडाँडा साहित्य समाजका बावुराम बोहरा, जन्मदिनमा वृक्षारोपण अभियानका सस्थापक अध्यक्ष बासुदेव सेढाई, लिस्नो साहित्यिक मञ्चका वरिष्ठ उपाध्यक्ष देवीदास वराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैविच मञ्चको चौथो अधिवशेनले संस्थाका संरक्षक बसन्त अधिकारीे रहने गरी नयाँ कार्य समिति गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा कमला दनाई, वरिष्ठ उपाध्यक्ष देविदास वराल, सचिवमा दिपक पाण्डे, सहसचिव भरत बावु घिमिरे र कोषाध्यक्षमा चिजा सुँयल चयन रहनुभएको छ । समितिको सदस्यहरुमा लिलावती बराल, विनिता देवकोटा, कृष्ण भुजेल, शिवदेवी बराल, तिर्थ गुरुङ र सरस्वती भट्ट रहनुभएको छ । यसैगरी सल्लाहाकारहरुमा बासुदेव थापा, राजु थापा, काजीराम वस्नेत, बासुदेव सेढाई, लक्ष्मी प्रसाद मिश्र र हरिप्रसाद अधिकारी रहनुभएको छ ।
साधरण सभामा सस्थाका अध्यक्ष काजीराम वस्नेतले सस्थाको प्रतिवेदन र संरक्षक बसन्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मञ्चका सहसचिव सुर्यकला थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमला दनाईले स्वागत गर्नु भएको थियो ।










